यस वर्ष नाडेप लघुवित्तको नाफा करीब ५०% घट्यो

वैशाख १४, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा ४९ दशमलव ९८ प्रतिशत कम खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म रू. ११ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ६९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष सम्भावित जोखिम शीर्षकमा ५४ दशमलव ९८ प्रतिशत बढी रकम छुट्याएकाले पनि यस वर्ष कम्पनीको सञ्चालन नाफा ५१ दशमलव २० प्रतिशत घटेको छ । कम्पनीले यस वर्ष सम्भावित जोखिम शीर्षकमा रू. ६ करोड ६९ लाखभन्दा बढी रकम छुट्याएको हो । गत वर्ष यो रकम रू. ४ करोड ३२ लाखभन्दा बढी थियो । २० प्रतिशत बोनस शेयर मार्फत यस वर्ष चुक्तापूँजी बढाएर रू. ४८ करोड ५७ लाख ६० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ३ दशमलव ४० प्रतिशत बढेर रू. ३३ करोड ७९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा २ दशमलव ५२ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ७४ लाख कर्जा सापटी लिएको छ ।  गत वर्षभन्दा १३ दशमलव ८६ प्रतिशत बढी रू. १ अर्ब ७१ करोड ८७ लाख निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६५ प्रतिशत बढी रू. ४ अर्ब ८७ करोड ११ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष ५ दशमलव ७४ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष ४ दशमलव ९२ प्रतिशतमा झरेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६९ दशमलव ५७ रहेको छ । यस वर्ष कम्पनीले धनुषा, महोत्तरी, सिरहा, रौतहट, बारा, सर्लाही र चितवन जिल्लामा १० थप शाखा विस्तार गरेको छ । हाल कम्पनीले देशका विभिन्न स्थानमा ८८ शाख कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

नाडेप लघुवित्तको आम्दानीसँगै नाफा घट्यो, प्रतिसेयर आम्दानी ५० पैसा

२४ वैशाख, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी जम्मा ५० पैसा छ । दोस्रो बजारमा ७६४ रुपैयाँ …

नाडेप लघुवित्तको नाफा यस वर्ष करीब ९६ प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाडेप लघुवित्त वित्रीय संस्था लिमिटेडले ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९५ दशमलव ८४ प्रतिशत कम भएको हो । कम्पनीको सञ्चालन नाफा भने ९९ दशमलव ३२ प्रतिशत कम भएको छ । गत वर्ष १ करोड ६६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । यस वर्ष कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था (इम्पेयरमेन्ट चार्ज) बापतको फिर्ता रकम कम भएको छ । गत वर्ष २ करोड ६२ लाख रुपैयाँभन्दा बढी इम्पेयरमेन्ट चार्जबापतको रकम फिर्ता भएकोमा यस वर्ष ७९ लाख ७५ हजार रुपैयाँ मात्र फिर्ता भएको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ८९ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ । हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ १२ करोड ९ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम २८ करोड ४९ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म १ अर्ब ७६ करोड ८८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ५ अर्ब २४ करोड ४४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले २ अर्ब ३८ करोड ४३ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष ४ दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ६ दशमलव ५६ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नाडेप लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, यस्ता छन् अन्य सूचक

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५३ दशमलव ८४ प्रतिशत घटेको छ ।  अघिल्लो आवमा कम्पनीले रू. ३ करोड ५६ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. १ करोड ६४ लाखमा झरेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशत र सञ्चालन नाफा ७५ प्रतिशत घटेको छ ।  कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३४ पैसा रहेकोमा गत आवमा घटेर ३ रुपैयाँ ३९ पैसामा झरेको हो । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ४५ छ ।  कम्पनीको चुक्ता पूँजी रू. ४८ करोड ५७ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३१ करोड २८ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड ८२ लाख सञ्चिति गरेको छ । सो अवधिमा वितरणयोग्य मुनाफा रू. ६ करोड १६ लाख ऋणात्मक छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नाडेप लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८९ दशमलव ९६ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ करोड १९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ५२ लाख २२ हजारमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको नाफा घटेको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ दशमलव ९५ प्रतिशत र सञ्चालन नाफा ९२ दशमलव ४७ प्रतिशत घटेको छ । त्यस्तै गत आवमा ४ दशमलव ९२ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा ९ दशमलव ९१ प्रतिशत पुगेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा १ रुपैयाँ ४३ पैसा कायम भएको छ ।  चुक्तापूँजी रू. ४८ करोड ५७ लाख रहेको कम्पनीले जगेडामा रू. २४ करोड ३८ लाख र रिटेन्ड अर्निङमा रू. १३ करोड ९ लाख सञ्चित गरेको हो । त्यस्तै चालू आवमा कम्पनीको तरलता अनुपात ८ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७७ दशमलव १६ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्