नाडेप लघुवित्तले माघ १४ गते बोलायो साधारण सभा, २१.०५ % लाभांश पारित हुँदै

पुस २१, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांशसमेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४० करोड ४८ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो ।  ती प्रस्तावहरुसँगै कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ ।  डिप्रोक्ससँगको प्राप्ति प्रक्रियाका लागि कम्पनीको शेयर कारोबार २०७७ पुस १६ गतेदेखिनै रोक्का रहेकाले सोही मितिलाई सभाको बुक क्लोजको मिति तय गरिएको छ । उक्त कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ९४ लाख ११ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा ७९ दशमलव ३८ प्रतिशत कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ५३ लाख ४६ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ३ करोड ७७ लाख १७ हजार छुट्याएको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ७९ दशमलव ७७ प्रतिशत कम रू. १ करोड ४० लाख ५० हजार भएको छ । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा करिब २५ प्रतिशत घटेर रू. १० करोड २८ लाख ५४ हजारमा सिमिति भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. १३ करोड ६९ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ३२ प्रतिशतले बढेर रू. ३७ करोड ९८ लाख १४ हजार कायम भएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा १४ प्रतिशत कम अर्थात्  रू. १ अर्ब ९९ करोड ७३ लाख कर्जा सापटी लिएको छ भने १४ दशमलव ७५ प्रतिशत बढी रू. १ अर्ब ५९ करोड १५ लाख निक्षेप संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी अर्थात्  रू. ४ अर्ब ५१ करोड २ लाख रहेको छ । गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ४ दशमलव ७७ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ३० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव ८३ छ । 

सम्बन्धित सामग्री

कामना सेवाको लाभांश पारित

कामना सेवा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को लाभांशबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको ७.०५ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्सोरेन्सको २७ औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर तथा ०.३५ प्रतिशत बोनस सेयरमा लाग्ने करसमेत जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको हो । साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पनि […]

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ – नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। समीक्षा वर्षको […]

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित...

एभरेष्ट बैंकको लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको २० दशमलव ६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २८औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र सात...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २६औँ साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र...

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित...

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

रिलायन्स फाइनान्सको १० प्रतिशत लाभांश पारित

काठमाडौं, २२ बैशाख । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश पारित गरेको जनाएको छ । संस्थाको आज ११ औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।