शेयर बजारकी 'सेलीब्रेटी' पोखरेलको अनुभव : 'जग्गा बेचेर शेयरमा हाल्दा नराम्ररी फसे'

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको नेतृत्व गर्दै महत्वपूर्ण फोरममा निरन्तर बोलिरहने लगानीकर्ता हुन् राधा पोखरेल । उनलाई शेयर बजारकी सेलीब्रेटी लगानीकर्ता भन्दा पनि फरक नपर्ला ।  महोत्तरीमा जन्मिएकी पोखरेल बिरामीका कारण सानै उमेरदेखि काठमाडौंमा आएर बसिन् । परिवारका सबै सदस्य शेयरबजारमै आवद्ध भएकाले उनले पनि सानै उमेरदेखि  बजारबारे बुझ्ने अवसर पाइन् । एसएलसी दिएर नतिजा कुरिरहेको बेला २०६८ सालमा उनले सहकारीमा काम शुरू गरिन् । केही समयपछि कलेज पढ्ने बेलामा पहिलो पटक सेञ्चुरी कमर्सियल बैंकको आईपीओ भरेर पोखरेलको शेयर यात्रा शुरू भएको थियो । त्यतिबेला आफ्नो र बाबुको नाममा आईपीओ भरेको उनले बताइन् ।  परिवारको सदस्यले शेयर बजारमा थोरै थारै लगानी गर्दै गएमा राम्रो प्रतिफल प्राप्त हुने बताएसँगै उनको शेयर बजारप्रति लगाब बढेको थियो । हुन पनि २०६८ सालमा हात परेको सेञ्चुरी बैंकको आईपीओबाट उनले तीन गुणाभन्दा बढी प्रतिफल हात पारेको सुनाइन् । त्यो समयमा नेप्से १२ बजे मात्र खुला हुन्थ्यो । २ घण्टा सहकारीको काम गरेर १२ बजे उनी ब्रोकरको कार्यालयमा पुग्थिन् । तर त्यहाँ भने सबैजसो पुरुष लगानीकर्ता मात्रै हुन्थे । महिला लगानीकर्ता कहिले कसो मात्रै भेटिन्थे । आईपीओ भरेको शेयर हातमा भएपनि त्यो बेलामा सेकेण्डरी बजारको बारेमा राम्रो सँग नबुझेको पोखरलेको भनाई छ । 'म भरखर कलेज पढ्न थालेकी थिए । सानो भएकाले पनि केही नबुझेको  कुरा पुरुष लगानीकर्तासँग सोध्न हिच्किचाउथे । महिला लगानीकर्ता कहिलेकाँही भेटिन्थे । उनीहरू पनि दोस्रो बजारको बारेमा धेरै बुझेका लगानीकर्ता हुन्थेनन् ।' उनले भनिन् । शेयर बजारका बारेमा बुझ्दै गएपछि सहकारीको जागिर छोडेर पूर्ण रुपमा शेयर बजारमै प्रवेश गरेकी थिइन् पोखरेल । शेयर बजारप्रतिको मोह बढ्दै गएपछि गाउँको जग्गा बेचेर शेयरमा लगानी गरेको उनले सुनाइन् । त्यो समयमा बजारमा नराम्रोसँग फसेको उनको तितो अनुभव छ । त्यतिबेला बजार १८८१ विन्दुमा थियो पछि घटेर ११०० विन्दुसम्म आयो । त्यहि समयमा केही सञ्चरमाध्यममा नियमित स्तम्भकारको रुपमा पनि जोडिएको उनले सुनाइन् । 'त्यस बेला ब्रोकर कार्यालयमा गइरहँदा शेयर बजारका लगानीकर्ताको धेरै गुनासो सुने । लगानीकर्ताको हकहितको लागि भनेर केही संघ संगठनहरु खुलेका थिए, तर राम्रोसँग काम गर्न सकेका थिएनन् ।' उनले भनिन् । 'त्यही समयमा मैले पनि अब शेयर बजारका लागि केही गर्नु पर्छ भनेर 'नेपाल पूँजी बजार लगानीकर्ता सँघ'को उपाध्यक्ष भएर पाँच महीना काम गरे । त्यसभित्र बसिसके पछि बजारमा इन्साइडर ट्रेडिङ देखि कम्पनीको शेयर मूल्यलाई तलमाथि पार्ने कार्यहरु हुँदा रहेछन् भन्ने थाहा पाएँ । अनि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन), नेप्से लगायतका संस्थाले शेयर बजारका समस्या नसुनेको पनि महसुस भयो ।' उनले अगाडि भनिन् । यस्तो अवस्थामा लगानीकर्ताको हकहितमा काम गर्नुपर्छ भन्ने लागेपछि  २०७५ साउन २ गतेदेखि संघको अध्यक्ष भएर लगानीकर्ताको हकहितमा काम गर्न शुरु गरेको उनको भनाइ छ । शेयर बजार घटबढ त भइरह्न्छ नै । बजार १८८१ हुँदा त्यो बेला वामगठबन्धको सरकार थियो । त्यति बेला अर्थमन्त्री युवराखज खतिवडा थिए । उनी अर्थमन्त्री हुँदा शेयर बजार भनेको उत्पादनमूलक क्षेत्र होइन भन्ने अभिव्यक्ति दिएका  थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यामले त्यो भनाइको अपव्याख्या गरी बजार घटाउने खेल खेलेको जस्तो लाग्छ उनलाई । त्यो समयमा ठूला खेलाडीहरु  नै शेयर बजार घटाउन लागी परेको पोखरलेको भनाइ छ । बजार घटेर निकै तल आईसक्दापनि  शेयर बजारमा आवद्ध निकायले कुनै पनि चासो देखाएनन् । त्यसपछि उनले तत्कालिन राष्ट्र  बैंकको गभर्नर चिरञ्जीवी नेपाल, सेबोन, नेप्से,सिडिएससी लगायतका पदाधिकारीहरुसँग यी विषयमा छलफल गरेर ध्यानाकर्षण गराएकी  थिइन् । त्यसपछि लगानीकर्ताहरुमा शेयर बजारका समस्या पनि सरकारले सुन्दो रहेछ भन्ने अभास भएको उनको भनाइ छ ।  त्यो बेलामा अर्थमन्त्री युवराज खतिवडाले शेयर बजार र मुद्रा बजारको समस्या समाधान गर्नका लागि एउटा कमिटी गठन गरेका थिए । त्यो समयमा  पूँजी बजार विकास  र विस्तारका लागि धेरै राम्रा कार्यहरु भए ।  कतिपय काम कार्यन्वायनकै चरणमा छन् । त्यसपछि बजार विस्तारै बढ्दै गएर ३२०० विन्दु पार गर्‍यो । त्यतिबेला आफूले पनि राम्रो प्रतिफल हात पारेको पोखरेलले सुनाइन् ।  आफू अध्यक्ष भएकै बेलामा सातै प्रदेश  र ७७ ओटै जिल्लामा पूँजी बजार संगठन विस्तार गरेको उनले बताइन् । 'जो सँग पूँजी छ, ज्ञान पनि छ, तर शेयर कारोबार गर्ने अफिस छैन, त्यस्तो ठाउँमा हाम्रै पहलमा ब्रोकर कार्यालय पनि खोलिएको थियो ।' उनले सुनाइन्,  त्यो बेला अनलाइनमार्फत शेयर किनबेच गर्न शुरू भएको थिएन् । पछिल्लो समय प्रविधिसँगै बजार विकास र विस्तार भएको छ र बजारका समस्याहरु पनि कार्यान्वयन हुँदै गएको पोखरेलको अनुभव छ । शेयर बजारबाट राम्रो प्रतिफल प्राप्त गरे, त्यो छुट्टै पाटो हो । बजार घट्दा होस या बढ्दा, आफूले सधैं समग्र लगानीकर्ताको हितमै रहेर काम गरेको उनले दाबी गरिन् । नवप्रवेशी लगानीकर्ताहरुका लागि शेयर बजार लगानीको उपयुक्त प्लेटफर्म भएको बताउने पोखरेल ऋण लिएर भने शेयरमा लगानी नगर्न आग्रह गर्छिन्  ।

सम्बन्धित सामग्री

मेरो अतीत मेरो अनुभव

प्राध्यापन तथा शैक्षिक प्रशासनमा लामो समय बिताएका लेखक रमेशप्रसाद गौतमले आफ्ना अनुभवलाई समेटेर लेखिएको पुस्तक ‘मेरो अतीत मेरो अनुभव’ प्रकाशनमा आएको छ।...

मेरो अतीत मेरो अनुभव

प्राध्यापन तथा शैक्षिक प्रशासनमा लामो समय बिताएका लेखक रमेशप्रसाद गौतमले आफ्ना अनुभवलाई समेटेर लेखिएको पुस्तक ‘मेरो अतीत मेरो अनुभव’ प्रकाशनमा आएको छ।...

रोनाल्डिन्होसँग खेल्नु राम्रो अनुभव : रोहित

नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले ब्राजिलका हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि राम्रो अनुभव भएको बताएका छन् । नेपाली डिफेन्सिभ मिडफिल्डर रोहितले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्ट गर्दै ब्राजिलियन स्टार खेलाडी रोनाल्डिन्होसँग खेल्न पाउनु राम्रो अनुभव भएको बताए ।‘महान् फुटबलर रोनाल्डिन्होसँग एकै मैदानमा खेल्न पाउनु एक अद्भुत अनुभव रह्यो । यसको मतलब, यस्तो हुन्छ भनेर मैले कहिल्यै सोचेकै थिएन । मैदानमा उनको जादु हेरेर हुर्किएको र उनीसँगै मैदान सेयर गर्न पाउनु निकै ठूल

अगुएरोले साटे अस्वभाविक अनुभव

एजेन्सी– अर्जेन्टिनी फुटबल टोलीका पूर्व स्टार सर्जियो अगुएरोले सिजनको सुरुवातमा मुटुमा समस्या देखिनुअघि आफूले गरेको अस्वभाविक अनुभव सार्वजनिक गरेका छन् । यसै सिजनको सुरुवातमा म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका ३३ वर्षे फरवार्डले मुटुकै समस्याका कारण फुटबलबाट सन्यास लिन बाध्य भएका थिए । गएको डिसेम्बारमा सबै खाले फुटबलबाट सन्यास लिएका उनले टेलिभिजन सोमार्फत कठिन समयको अनुभव साटेका […]

अनुभव साटासाट गर्न सुदुरपश्चिमका मन्त्रीको टोली पोखरामा

अनुभव आदानप्रदान गर्न अन्तरप्रदेश अवलोकनमा निस्केको सुदुरपश्चिम सरकारका तीनमन्त्री सहितको टोली पोखरा आइपुगेको छ । गण्डकी प्रदेश सरकारले गरेका काम र लिएका अनुभवसँगै सुदुरपश्चिममा भए गरेका कामका वारेमा अनुभव साटासाट...

‘मौरिससविरुद्धको खेलमा नयाँ अनुभव’

राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताउनुभएको छ । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणले मैत्रीपूर्ण खेल भए पनि आफ्नो टोलीले जीतकै लागि खेल्ने भन्दै उक्त खेलबाट केही नयाँ कुरा सिक्ने र अफ्रिकी मुलुकविरुद्ध खेल्दा छुट्टै अनुभव हुने बताउनुभयो । “हामी इतिहासमै पहिलो …

अनुभव र सिकाइ अनुकरणीयः राष्ट्रपति भण्डारी

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा नेपालले प्राप्त गरेका अनुभव तथा सिकाइहरु अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।२०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को बुधबार उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले […]

महिला उद्यमीका अनुभव आदानप्रदान

वीरगन्जमा सम्पन्न एकदिने युवा महिला उद्यमी सम्मेलनले महिला युवा उद्यमीहरु उत्साहित भएका छन् ।वीरगन्ज पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसर लगायत विविध पक्षमा बेग्लाबेग्लै सत्रमा छलफल भएका थिए । छलफलबाट सहभागीहरुले धेरै विषयमा जानकारी प्राप्त […]

भर्चुअल रियालिटीबाट अब अन्तरिक्षमा हिडेको अनुभव गर्न सकिने

चाँडैनै मान्छेहरुले भर्चुअल रियालिटीको माध्यमले अन्तरिक्षमा हिडेको अनुभव गर्न पाउने भएका छन् । हामी मध्यमा धेरै अन्तरिक्ष यात्रा कहिले पनि गर्न असक्षम छौँ र हिडँन त टाढैको कुरा हो । अर्बपतिहरुले पनि अन्तरिक्ष सम्म जाँदा स्पेसक्राफ्टबाट बाहिर हेर्न मात्रै पाउने गर्दछन् । तर अब स्पेस एक्सपलोरर: द आईएसएस एक्सपेरियन्सको एपिसोड ३ र ४ ले अन्तरिक्षमा तैरिदा कस्तो अनुभव हुन्छ...

साहित्यिक पत्रकारको 'डेल्टा' अनुभव

मलाई कोरोना संक्रमण भएपछिको 'डेल्टा अनुभव' फेरि साझेदारी गर्न मन लाग्यो।पढ्न पाँच–सात मिनेट जति लाग्ला। शुरूका एक–दुई लाइन पृष्ठभूमिका लागि राखिएका गन्थन हुन्। त्यसपछि केही लाइन अघिल्लो स्टेटसबाट परेका छन्।यसअघिको 'डेल्टा अनुभव' नपढेका लागि पनि काम लाग्नसक्छ भनेर दोहोर्‍याएँ। ध्यान दिएर पढ्दा फाइदै होला। सबै पढ्न मन लागेन भने पनि अन्तिम तीन/चार लाइन चाहिँ पढिदिनुहोला।...अपवादबाहेक राम्रो कुरा पढेर बिग्रिएको मान्छे मैले देखेको छैन।डाक्टर–बिरामी वार्ताझण्डै डे