काठमाडौं : शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई...