काठमाडौं (अस) । एनएमबि बैंक र ललितपुरको जावलाखेलस्थित सोवा हेल्थ केयर सेन्टरबीच सम्झौता भएको छ । समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न चिकित्सकीय सेवामा बैंकका ग्राहक एवं परिवारले विशेष छुट तथा सहुलियत पाउनेछन् ।
अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्डवाहक तथा कर्मचारीलाई अन्तरंग, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौतामा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थ केयर सेन्टरका निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरे । हाल बैंकले २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।