पोल्यान्डमा फूटबलको एक लीग म्याच खेल भइरहँदा मैदानको बीचमा प्यारासुटबाट व्यक्ति ओर्लंदा खेल केही समयका लागि रोकिएको छ ।
पाँचौं दर्जाको लीगमा ओलिम्पिया एलबाग र पिसा प्रिमाभेरा बार्जेवो क्लबबीच खेल भइरहेको थियो ।
खेलको बीचमा यसरी मैदानमा प्यारासुटिस्ट आइपुग्दा रेफ्रीले मजाकमा उनलाई पहेंलो कार्ड दिएका थिए ।