नेपाल प्रहरीमा जागिरको अवसर : असई र प्रहरी जवानमा खुल्यो भर्ना

काठमाडौं : नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पदहरुमा आवेदन खुला गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न असई र प्रहरी जवानमा भर्ना खुलेको बताएको छ। जसअन्तर्गत असईतर्फ २०७८ असोज २२ गते माग…

सम्बन्धित सामग्री

१६९ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १६९ जना प्रहरी सहायक निरीक्षक(असई) लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १६९ जना असईलाई सईमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव जयश्वर रिमालले एक सूचना प्रकाशन गरी जानकारी दिए।

नेपाल प्रहरीद्वारा ४ सय ४३ असईको माग

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ।

प्रहरीले माग्यो ४४३ जना असई र २४ सय जवान

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरिको जनाएको छ ।उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसैमा ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरिएको हो । गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ ।यद्यपि उक्त थप गरिएको संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हो या होइन भन्नेबारे केही खुलाइएको छैन ।

प्रहरीले माग्यो ४४३ जना असई

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।

नेपाल प्रहरीका ११७० असईको सरुवा [सूचीसहित]

नेपाल प्रहरी प्रधान कार्यालयले आइतवार एक हजार १७० प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ ।  कार्यालयका अनुसार पुस महिनादेखिको तलब-भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो । हेर्नुहोस् सूची

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई […]

स्याउ प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

विराटनगर । कोभिड–१९ को कारण नेपाल–भारत सीमानाका सिल भएको अवस्थामा नेपाली नम्बर प्लेटका तीनओटा मिनी ट्रकमा १३ सय ५० कार्टुन स्याउ भारत पु¥याइएको प्रकरणमा नेपाल प्रहरीको संलग्नताबारे छानबिन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दाेष रहेको र चार जना दोषी देखिएकाले कारबाहीको सिफारिश गरिएको छ । भारतीय प्रहरीले जेठ ३० गते नेपाली नम्बरका तीनओटा गाडीबाट १३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित नेपाल  प्रहरीको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी चौधरीको नेतृत्वमा पाँचसदस्यीय छानबिन टोली गठन गरेको थियो । छानबिनपछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । दुवैतर्फ नाका सिल भएको अवस्थामा स्याउ बोकेका नेपाली नम्बर प्लेटका गाडी सजिलै भारतीय भूमिसम्म पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नताबारे प्रश्न उठेको थियो । आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीका लागि सिफारिश गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चिनियाँ स्याउ बोकेका ट्रक भारतसम्म पु¥याइएको थियो । घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरेको थियो । अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई थापा र कोशी कटानका असई चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असई  कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए । साथै अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीका लागि सिफारिश गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह वाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीनसदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको छ । छानबिन समितिले प्रतिवेदन बुझाएको र आवश्यक छानबिन भइरहेको सशस्त्र प्रहरी बल वराह वाहिनी पकलीका डीआईजी वंशीराज दाहालले जानकारी दिए । प्रतिवेदनका आधारमा दोषी देखिएका सशस्त्र प्रहरीलाई कारबाही हुने उनले बताए ।

कोरोना संक्रमणबाट नेपाल प्रहरीका असइको निधन

काठमाडौं। कोरोना संक्रमणबाट एक नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) को निधन भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचाररत असइ देवी पुरीको निधन भएको हो। महानगरीय अपराध महाशाखाका कार्यरत असई पुरी कोरोना संक्रमणपछि एकसाता अघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए।