प्रहरीले माग्यो ४४३ जना असई

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

काठमाडौं, असोज ७ । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले […]

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो ।७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

हिरासतमा रहेकी महिलालाई दुर्व्यवहार गर्ने असई निलम्बित

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बनमा परेका छन् । इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलागाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागि हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको

हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको कसुरमा असई पक्राउ

प्रहरी हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी सहायक निरिक्षक (असई)लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रवीण चौलागाईंलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।ईप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले सोधपुछका क्रममा ति महिलालाई दुव्र्यवहार गरेका हुन् । साउन ११ मा बहुविवाह गरेको कसुरमा ति महिला पक्राउ परेकी थिइन् । बिहिबार राति २ बजे असईले ति महिलालाई सोधपुछ गर्न भन्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।असई

असई र प्रहरी जवान भर्नाका लागि माग, पद संख्या थप (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीले ४ सय ४३ जना प्रहरी सहायक निरीक्षक (असई) भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४ सय ४३ जना असईको भर्ना खुलाएको हो । त्यसैगरी २ हजार ४ सय ७४ जना प्रहरी जवानको पनि भर्ना प्रहरीले खुलाएको छ । […]

प्रहरीले माग्यो ४४३ जना असई र २४ सय जवान

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरिको जनाएको छ ।उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसैमा ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरिएको हो । गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ ।यद्यपि उक्त थप गरिएको संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हो या होइन भन्नेबारे केही खुलाइएको छैन ।

‘असई हुँ’ भन्दै हिँड्ने एक जना पक्राउ

काठमाण्डाै – आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भएकाे बताउँदै ढाँट्ने एक व्यक्ति काठमाण्डाैबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरकाे सूर्यविनायक नगरपालिका ८ डाेलेश्वरका साेनाम तामाङ रहेका प्रहरीले जनाएकाे छ ।  आज बुधवार दिउँसाे भद्रकाली चेक प्वाइन्टमा जाँच गर्ने क्रममा तामाङले आफू असई भएकाे बताएपछि प्रहरीलाई शङ्का लागेकाे थियाे । त्यसपछि खाेजी गर्दा उनकाे साथबाट असईकाे ड्रेस र दर्ज्यानीसमेत लगाएकाे आठ वटा पासपाेर्ट साइजकाे फाेटाे फेला परेकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  घटनाको सम्...

प्रहरीलाई नै असई हुँ भन्दै 'चेकिङ' छल्न खोज्दा...

आफूलाई प्रहरी सहायक निरीक्षक (असई) दाबी गर्दै हिँड्ने एक नक्कली प्रहरी पक्राउ परेका छन् ।  भद्रकालीमा प्रहरीलाई नै असई हुँ भन्दै चेकिङबाट भाग्न खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंले सूर्यविनायक-८, डोलेश्वरका २६ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको हो ।  प्रहरीले उनको साथबाट असईको ड्रेस, दर्ज्यानी चिह्न र ८ वटा पासपोर्टसहित पक्राउ गरेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

धनुषामा लुटेराद्वारा प्रहरीमाथि आक्रमण, असई घाइते

जनकपुरधाम – मधेस प्रदेशमा लुटेराहरुको समूहले प्रहरीमाथि आक्रमण गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरीचौकीका असई मनोज पोखरेलमाथि मंगलबार राति लुटेराहरुको एक समूहले आक्रमण गरेको धनुषा प्रहरीले जनाएका छन् । बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा लुटेरालाई नियन्त्रण लिएपछि आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परि घाइते भएका असई पोखरेलको प्रादेशिक अस्पताल […]

उच्च अदालत विराटनगर इलाम इजलासकी कर्मचारीको हत्या अभियोगमा असई समातिए

काठमाडौंः उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत एक महिलाको हत्या अभियोगमा प्रहरीले अदालतका सुरक्षा गार्ड (असई) लाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय इलामको टोलीले अनुसन्धानको क्रममा अदालतका सुरक्षा गार्ड ३५ वर्षीय प्रहरी असई युवराज बनियाँलाई नियन्त्रणमा लिएको हो। ' घाँटी थिचेर हत्या गरेको देखिएको छ। हामीले पाएको प्रमाणले उनलाई नै…