दश दिनअगाडि नेपाली कांग्रेस बुटवल नगर सचिव ज्योति भण्डारीलाई कोरोना संक्रमण भयो । स्वासप्रश्वासमा समस्या भएपछि वैशाख २० गते बुटवलमा सघन उपचार कक्ष (आईसीयू) बेड अभाव भएपछि भण्डारीलाई काठमाडौं लैजानुपर्ने अवस्था आयो ।
आफन्तले हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरे । सिम्रिक एयरलाइन्समा फोन गरे । बुटवलबाट काठमाडौंका लागि ‘चार्टर’ गरेर बिरामी लगेको ५ लाख २० हजार खर्च लाग्ने सिम्रिक एयरले बतायो । महंगो भयो भनेर परिवारले अन्य एयरलाइन्सलाई फोन गर्न थाले ।
अन्य एयरलाइन्स व्यस्त रहेकाले आउन नसक्ने ...