एक व्यक्तिले दुबई जान भनेर दलाललाई ७ लाख रुपैयाँ बुझाउँदा ठगिन पुगेका छन् । ठगी आरोपमा प्रहरीले मुगुको खत्याङ घर भइ हाल सिफलमा भिजन मल्टिपर्पस सञ्चालन गर्दै आएका निराजन कार्कीलाई पक्राउ गरेको छ । उनले दार्चुलाको लेकम स्थायी घर भई विशालनगर बस्ने वर्ष ४१ वर्षीय तारा गिरीलाई युएईको दुबईमा आकर्षक काम लगाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीबाट पक्राउ परेका कार्कीले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम