उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ आफ्नै गृह नगरमा आलोचित भएका छन् । संघीय सरकारमा महासेठ दम्पतीले आलोपालो स्थान पाएको भन्दै एकातिर परिवारवादको विषयमा आलोचना झेल्दै आएका उनी पछिल्लो समय कोरोना महामारीलाई बेवास्ता गर्दै भिडभाड गरी गृहनगरमा राजसी शैलीमा अभिनन्दन मोह देखाएकोमा थप आलोचित भएका हुन् ।नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका रघुवीर महासेठले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएपछि चार दिनसम्म गृहनगरको भ्रमण गरे । सो क्रममा उनले पत्नी तथा पूर्वमन्त्री जुली मह