धनुषा-४ : १ सय २४ मतान्तरले एमालेका रघुवीर महासेठ विजयी, कांग्रेसका महेन्द्र यादव पराजित

धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ १ सय २४ मतान्तर विजयी हुनुभएकाे छ । उहाँले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्नुभएकाे हाे ।  महासेठले ३२ हजार २ सय ३६मत ल्याउनु भएकाे छ भने यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएकाे छ । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी हुनुभएकाे हाे ।  महासेठ २०७४ को चुनावमा समेत यही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएक...