भ्रष्टाचारबारे डरलाग्दो तथ्यांकः घुसमै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी
काठमाडौंः निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ । नेपाल उद्योग परिसंघले १ हजारभन्दा बढी उद्योगीहरूमा गरेको अध्ययनबाट निजी क्षेत्रले ...
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्ष (आव)का लागि सरकारले कुल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रु पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजस्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । ६ महीनामा कर राजस्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् रु चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् रु ५२ अर्ब ९४ करोड ७८ लाख बराबर असुली भएको छ ।
चालु आवका लागि कुल रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५ दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ । चालु आवका लागि कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा रु पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो ।
चालुगत शीर्षकमा कुल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।
त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् रु ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ । रासस
काठमाडौँ - आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलव ३५ प्रतिशत खर्...
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २८ दशमलव २१ प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी घटेको भए पनि वित्तीय खर्च कम हुँदा नाफा बढेको हो ।
गत वर्ष ७ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४१ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च रकम यस वर्ष १३८ प्रतिशत बढेको छ ।
गत वर्ष १३ लाख ५२ हजार रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ३२ लाख १८ हजार रुपैयाँ खर्च गरेको हो । वित्तीय खर्च यस वर्ष ३१ दशमलव ३६ प्रतिशत कम भएको छ । गत वर्ष २ करोड ८० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९२ लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने १६ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा गत वर्षको तुलनामा ३५ प्रतिशत कम ६० करोड २३ लाख रुपैयाँ छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ६३ दशमलव २३ प्रतिशत कम १ करोड ८६ लाख रुपैयाँ छ ।
प्रतिशेयर आम्दानी ४ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ २२ पैसा छ ।
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. १८ करोड १३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २२ करोड २९ लाख पुगेको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी बढेपनि खुद नाफा भने गत आवको तुलनामा चालू आवमा ६२ दशमलव ३५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १ करोड ३ लाखमा झरेको छ । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ६ करोड ८० लाख रहेकोमा चालू आवमा बढेर रू. ९ करोड ११ लाख पुगेको छ ।
चुक्ता पूँजी रू. १ अर्ब १५ करोड रहेको कम्पनीले जगेडामा रू. १० करोड १९ लाख सञ्चिती गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ९० ,तरलता अनुपात शून्य दशमलव ९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ८६ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनासम्म रू. २ अर्ब ८९ करोड ७२ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन करीब ३९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ अर्ब ८ करोड ५७ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकम १५० दशमलव ५९ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३३ करोड १० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८२ करोड ९६ लाखभन्दा बढी यस्तो भुक्तानी गरेको हो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष रू. १४ करोड ३६ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४४ करोड ४५ लाख खुद नाफा गरेको हो । कम्पनीको आम्दानी गत वर्षभन्दा २२७ दशमलव ३५ प्रतिशत बढी भएकाले खुद नाफामा समेत सकारात्मक प्रभाव परेको हो । गत वर्ष रू. १९ करोड १ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६२ करोड २३ लाख कुल आम्दानी गरेको हो ।
यस वर्ष खर्च रकममा समेत उल्लेख्य वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड ६५ लाख खर्च भएकोमा यस वर्ष रू. १७ करोड ७८ लाख खर्च भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ । जगेडा कोष रकम रू. ८१ करोड ९२ लाख रहेको कम्पनीको जीवन बीमा कोषमा रू. ४ अर्ब ६१ करोडभन्दा बढी रकम कायम छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १५० दशमलव ५० थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५० मा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते बोर्डमा निवेदन दर्ता गराएको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । वाणिज्य बैंकहरूले गर्ने आम्दानीमा फी तथा कमिशन आम्दानीको अंश न्यून देखिएको छ । सञ्चालित २७ ओटा वाणिज्य बैंकको वित्तीय विवरण हेर्दा मुख्य आम्दानीको स्रोत ब्याज नै रहेको देखिन्छ ।
बैंकहरूले जारी गरेको चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको तथ्यांकअनुसर ब्याज आम्दानीको तुलनामा फी तथा कमिशन आम्दानीको अनुपात ८ दशमलव ५२ प्रतिशत रहेको छ । यो अन्तरराष्ट्रिय अभ्यासअनुसार न्यून हो ।
२७ ओटा बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ ब्याजबाट आम्दानी गरेका छन् । तर, यी बैंकले सोही अवधिमा १६ अर्ब ४८ करोड रुपैयाँ फी तथा कमिशनबाट आम्दानी गरेका छन् । गैरबैंकिङ गतिविधि कम भएका कारण पनि बैंकहरूको फी तथा कमिशनबाट आर्जन हुने आम्दानी कम देखिएको हो ।
अर्थतन्त्रको विविधीकरण हुन नसक्दा गैरबैंकिङ गतिविधि कम हुने र बैंकहरूको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी नै रहने अर्थविद् नरबहादुर थापाले बताए । ‘अर्थतन्त्रको विविधीकरण हुनु भनेको पूँजी बजारको विकास हुनु हो । पूँजी बजारको गतिविधि बढ्दा मुद्रा बजारको गतिविधि पनि बढ्छ । यसरी गैरबैंकिङ गतिविधि बढेपछि बैंकहरूको कमिशन आम्दानी पनि बढ्छ,’ उनले भने ।
फी तथा कमिशनबाट बढी आम्दानी हुँदा बैंक सञ्चालन खर्चमा सहयोग पुुग्ने भएकाले ब्याज आम्दानी कम भए पनि हुने थापाको भनाइ छ । कार्यालय सञ्चालनकै लागि बैंकहरूको खर्च बढी हुने हुँदा बैंकले दिने ऋणमा ब्याजदर बढी हुने गरेको थापाले बताए । यस्तो ब्याजदर कम हुनुलाई बैंकले गैरबैंकिङ गतिविधि बढाएर फी तथा कमिशनबाट बढी आम्दानी गर्न सके ब्याजदर घट्नमा सहयोग पुग्ने उनको भनाइ छ । ‘बैंकहरूको मुख्य काम भनेको निक्षेप संकलन र कर्जा प्रवाह नै हो । यसबाहेक बैंकहरूले अतिरिक्त काम पनि गरिरहेका हुन्छन् । अन्तरराष्ट्रिय अभ्यास हेर्ने हो बैंकहरूले विभिन्न ग्यारेटी बसेर कमिशन आर्जन गर्छन् । नेपालमा यो अभ्यास न्यून छ । अर्थतन्त्रको आकार सानो भएर पनि हुन सक्छ । तैपनि, बैंकहरूले गैरबैंकिङ कारोबार बढाएर यस्तो आम्दानी बढाउनु आवश्यक पनि छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले अहिले बैंकहरूलाई उनीहरूले सेवाबापत लिने शुल्कमा कडाइ गरेका कारण फी तथा कमिशन र अन्य शीर्षकबाट हुने आम्दानीमा कमी आएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्ययले बताए । उनका अनुसार बैंकहरूले लिने सेवाशुल्कबापतको आम्दानीमा अहिले कमी आएको छ । ‘कुल आम्दानीमा अन्य आम्दानीको अंश ३०/३५ प्रतिशत हुनुपर्ने हो । अन्तरराष्ट्रिय अभ्यास यही हो । ब्याज आम्दानीको अंश त ४५/५० प्रतिशत मात्र हुनपर्ने हो । बाँकी फी तथा कमिशनबाट प्राप्त हुने आम्दानीले कभर गर्नुपर्ने हो, तर हाम्रोमा त्यसो हुन सकेको छैन,’ उनले भने ।
अन्तरराष्ट्रिय अभ्यासमा सेवाशुल्कबाट नै बैंकले कमाउने गरेको उपाध्यायले बताए । ‘ठूला अन्तरराष्ट्रिय बैंकको ब्याज आम्दानीबाहेकको ६० प्रतिशत अंश अन्य शीर्षकबाट हुन्छ । हामीले सेवा दिएबापत लिने शुल्कमा धेरै नियन्त्रण गरिएकाले अन्य शीर्षकमा अलिक कम आम्दानी देखिएको छ,’ उनले भने ।
ब्याज आम्दानीको अनुपातमा फी कमिशन आय स्ट्यान्डर्ड चार्टर्डको बढी
अन्तरराष्ट्रिय अभ्यासअनुसार ब्याज आम्दानीकै हाराहारीमा बैंकले लिने फी तथा कमिशनको आम्दानी हुनु राम्रो मानिन्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको कुल ब्याज आम्दानीको तुलनामा फी कमिशनबाट आर्जन भएको आम्दानीको अनुपात १६ दशमलव शून्य ८ प्रतिशत छ, जुन नेपालका अन्य बैंकहरूको तुलनामा सबैभन्दा बढी हो । चालू आवको दोस्रो त्रैमाससम्ममा स्ट्यान्डर्ड चार्टर्डले फी कमिशनबापत ४८ करोड ७० लाख रुपैयाँ ग्राहकबाट आर्जन गरेको छ । उक्त अवधिमा यो बैंकले ३ अर्ब २ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
त्यसैगरी फी तथा कमिशनबाट आम्दानी बढी गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्मा २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी फी तथा कमिशनबाट आम्दानी गरेको छ । यो बैंकले उक्त अवधिमा १ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । तर, ब्याज आम्दानीको तुलनामा फी तथा कमिशनको अनुपात ८ दशमलव ६३ प्रतिशत रहेको छ ।
मेगा बैंकको ब्याजमार्फत हुने आम्दानीको तुलनामा फी तथा कमिशनको अनुपात ४ दशमलव ९१ प्रतिशत रहेको छ । यो २७ ओटा वाणिज्य बैंकमध्येको सबैभन्दा कम हो । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा ब्याजबाट ७ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो बैंकले उक्त अवधिमा ३५ करोड १ लाख रुपैयाँ फी तथा कमिशनबाट आम्दानी गरेको छ । यसले बैंकहरूले सेवा विस्तारलाई भन्दा महँगोमा ऋण प्रवाह गरेर ब्याजबाट नै आम्दानी गरिरहेको भन्ने बुझिन्छ । बैंकले आफ्नो सेवालाई विस्तार गरेर सेवाग्राहीबाट लिने फी र कमिशनको अंश आम्दानी बढी भयो भने बैंकहरूको ब्याजदर पनि कम हुने जानकारहरू बताउँछन् ।
के हो फी कमिशन ?
बैंकले ग्यारेन्टीलगायत विभिन्न सेवा प्रदान गरेबापत पाउने शुल्क नै फी तथा कमिशन हो । ‘बैंकले जति धेरैलाई बैंकबाट प्रदान हुने कार्ड, लकर सुविधा, कर्जा प्रक्रियाको खर्च, एटीएम कार्ड, मोबाइल बैंकिङ, ग्यारेन्टी प्रदान गर्न सक्छन्, त्यति नै बढी फी तथा कमिशन प्राप्त गर्छन्,’ नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले भने ।
फागुन १, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड रू. १ करोड २६ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नोक्सानी ३ दशमलव ३६ प्रतिशत बढेकाले पनि कम्पनी खुद नोक्सानीमा गएको हो ।
हाल कम्पनीद्वारा निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको छ । विद्युत् विक्री आम्दानी नभइसकेको अवस्थामा कम्पनीको खर्च व्यवस्थापनका कारण नोक्सानी देखिएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब १५ करोड ७८ लाख ९० हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ३९ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
कम्पनीको दीर्घकालिन कर्जा गत वर्षभन्दा करीब ३५ प्रतिशत बढी रू. ८ अर्ब ८२ करोड ४६ लाख र अल्कालिन कर्जा गत वर्षभन्दा १९ दशमलव ६२ प्रतिशत बढी रू. ६२ करोड ८० लाख छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव शून्य ४ रहेको छ ।
माघ २८, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सगरमाथा इन्स्यारेन्स कम्पनी लिमिटेडले रू. १७ करोड ७७ लाख बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १७ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा शून्य दशमलव २४ प्रतिशत बढी भएको हो ।
यस वर्ष २ दशमलव ६६ प्रतिशत बढी रू. ३० करोड आम्दानी गरेको कम्पनीले ६ दशमलव ३७ प्रतिशत बढी रू. १२ करोड २३ लाख खर्च गरेको छ । ११ प्रतिशत बोनस शेयर शेयर मार्फत पूँजी बढाएर रू. १ अर्ब ११ करोड १३ लाख ५७ हजार पुगेको कम्पनीको जगेडा कोष रकम २७ दशमलव ३५ प्रतिशत बढी रू. ५५ करोड ४३ लाख पुगेको छ ।
कम्पनीको बीमाकोष रकम गत वर्षभन्दा यस वर्ष २५ दशमलव ५३ प्रतिशत बढी रू. १ अर्ब १३ करोड २९ लाख कायम भएको छ ।
यस वर्ष गत वर्षभन्दा ८७ दशमलव १५ प्रतिशत कम रू. १७ करोड ३० लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले ३४ दशमलव ९७ प्रतिशत बढी रू. ७५ करोड ३० लाख कुल दाबी भुक्तानी गरेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ९८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६२ रहेको छ ।
काठमाडौं : निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशत रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ।
नेपाल उद्योग परिसंघले एक हजारभन्दा बढी उद्योगीहरुमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनुपरेको भेटिएको समाचार नयाँ पत्रि...