फागुन १, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड रू. १ करोड २६ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नोक्सानी ३ दशमलव ३६ प्रतिशत बढेकाले पनि कम्पनी खुद नोक्सानीमा गएको हो ।
हाल कम्पनीद्वारा निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको छ । विद्युत् विक्री आम्दानी नभइसकेको अवस्थामा कम्पनीको खर्च व्यवस्थापनका कारण नोक्सानी देखिएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब १५ करोड ७८ लाख ९० हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ३९ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
कम्पनीको दीर्घकालिन कर्जा गत वर्षभन्दा करीब ३५ प्रतिशत बढी रू. ८ अर्ब ८२ करोड ४६ लाख र अल्कालिन कर्जा गत वर्षभन्दा १९ दशमलव ६२ प्रतिशत बढी रू. ६२ करोड ८० लाख छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव शून्य ४ रहेको छ ।