भन्सार छलेर २३ किलो सुन भित्र्याएको आराेपमा साढे १८ करोड रुपैयाँ बिगोसहित मुद्दा दायर

काठमाण्डाै – भन्सार छलीको झन्डै २३ किलो सुन र गहनाको कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध भन्सार राजस्व छलीको मुद्दा दायर भएको छ । भारतको रक्सौल स्थायी ठेगाना भइ पर्साको वीरगञ्ज महानगरपालिका रेशमकोठीमा बस्ने अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाले २२ हजार नौ सय ५७ ग्राम सुन र एक हजार ७८ ग्राम चाँदीको अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । उनीहरूबाट १८ करोड ६५ लाख दुई हजार बिगो असुल गरेर हदैसम्मको कैदको पनि माग गरिएको छ । भन्सार ...

सम्बन्धित सामग्री

दूरसञ्चार प्राधिकरणका कर्मचारीमाथि अख्तियारले लगाएको आरोप के हो ?

१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भनी विहीबार विशेष अदालतमा मुद्दा दायर गर्यो । प्राधिकरणका दुई पूर्व अध्यक्ष सहित १४ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । थप ५ जना ठेकेदार कम्पनी र तिनका कर्मचारी छन् । अख्तियारले मलेसिया र सिंगापुरका […]

भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा, ४ करोड माग दाबी

राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउनेविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले पर्सा सखुवा पर्सौनी गाउँपालिकाका नवराज शर्मा भन्ने छविलाल अगस्तीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।उनले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका विदेशी ब्राण्डका चुरोट र गुट्खा लगायतका मालवस्तु ल्याएर बिक्री गर्ने गरेका थिए । यस्तै, ती मालवस्तुको बिक्रीबापत हुने आयमा प्रचलित कानून बमाजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व समेत नबुझाउने गरेका थिए ।भन्सार राजश्व र

चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भन्सार छलेर मालसामान चोरी पैठारी गर्ने चितवन भरतपुर महानगरपालिकाका रामकुमार गुप्ता र शौरभ गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो ।अभियुक्तहरूले भन्सार छली गरेर मालसामान पैठारी गरी लुकाई छिपाई खरिद बिक्री गरेर राजश्व चुहावट गरेको विशेष सूचनाका आधारमा विभागले छापा मारेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जारी गरेको वि

कर छलेको आरोपमा चार जनाविरुद्ध ९ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर

काठमाण्डाै – भारतबाट भन्सार छलेर सामान ल्याइ सरकारलाई बुझाउनुपर्ने कर छलेको आरोपमा चार जनाविरुद्ध नौ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर भएको छ ।  राजस्व अनुसन्धान विभागले अर्घाखाँचीको छत्रदेव घर भइ बुटवल बस्ने नसिपदिन मियाँ, पाल्पा घर भइ बुटवलको मालिका ढुवानी सेवामा कार्यरत शंकरप्रसाद आचार्य, मनकामना सप्लायर्सका रेखा जैसवाल र भारतको गान्धीनगरका आशिष सिंहविरुद्ध नाै करोड २१ लाख रुपैयाँ बिगो माग राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।  उनीहरूले मिलेमतो गरेर भारतबाट भन्सार चोरी पैठार...

राजस्व छल्नेमाथि उच्च निगरानी

सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ ।यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालकहरु विरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको विभागले सोमबार पुनःनक्कली भ्याट बिल बनाएर राजस्व छल्ने दुईवटा फर्मका सञ्चालकविरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाब

राजस्व छल्ने ६ जनाविरुद्ध ४२ करोड रुपैयाँको मुद्दा

काठमाडौं, बैशाख ६ । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले भारतबाट भन्सार छलेर कपडा ल्याउने एक जना भारतीय नागरिकसहित ६ जनाविरुद्ध आइतबार पाटन उच्च अदालतमा सो रकम असुल गरी सजाय मागदाबीसहित मुद्दा […]

भन्सार छलेर कपडा ल्याउने ६ जनाविरुद्ध ४२ करोडको मुद्दा दायर

भन्सार छलेर कपडा ल्याउने १ भारतीय नागरिकसहित ६ जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । ४२ करोड ४ लाख रुपैयाँ बराबर बिगो तथा जरिवाना माग गर्दै विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भन्सार छलेको अभियोगमा चार जना विरुद्ध मुद्दा दायर

कानुनले तोकेअनुसारको राजस्व र भन्सार महसुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो । विभागले चार जनाविरुद्ध चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी

भन्सार छलेर मदिरा ल्याउने ४ जना विरुद्ध मुद्दा दायर

भारतबाट मदिराको चोरी पैठारी गर्ने चारजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभिन्न भन्सार नाकाहरूबाट साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरूविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

भारतबाट लत्ताकपडाको अवैध आयात, आइतबार थप ७ जनाविरुद्ध मुद्दा दायर

भारतबाट पछिल्लो समय भन्सार छलेर ठूलो मरिमाणमा लत्ताकपडा नेपाल भित्रिरहेको पाइएको छ । अवैध रुपमा लत्ताकपडा नेपाल ल्याएर बेचेको अभियोगमा राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनमा मात्रै १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।