भारतबाट मदिराको चोरी पैठारी गर्ने चारजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभिन्न भन्सार नाकाहरूबाट साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरूविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।