दैनिक सात करोड लिटर दूध उत्पादन

काठमाडौं, कात्तिक ३०। मुलुकभर रहेका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मबाट सात करोड लिटर दूध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ। खाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग)ले गरेको व्यावसायिक पशुुपालन एकीकृत सर्वेक्षण, २०७८ अनुसार दूधको उत्पादन वार्षिक छ करोड ९० […]

सम्बन्धित सामग्री

धुलो दूध उत्पादन हुने भएपछि किसानमा खुसी

दूग्ध विकास बोर्डले अबको केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । बागमती प्रदेश सरकारको रु …

दैनिक ४ सय लिटर दूध उत्पादन गर्दै जिरी पशु विकास फार्म

देशको एक मात्र गाई अनुवांशिक केन्द्रका रूपमा रहेको जिरी पशु विकास फार्मले दैनिक औसतमा ४ सय लिटर दूध उत्पादन गर्दै आएको छ । फार्ममा अहिले साना–ठूला सबै गरी करिब १ सय ५३ वटा गाई (बाच्छाबाच्छी र साँढेसमेत) छन् ।

दूध विक्री घटेपछि रौतहटका किसान मारमा

रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्।रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् भने निजी डेरीले १२ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संस्था रौतहटका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।उत्पादन भएको अन्य दूध स्थानीय बजारमा खपत हुँदै आएको उनले  बताए। उनका अनुसार विगत पाँच महिनादेखि डिडिसीले किसानला

दैनिक ५ लाख लिटर दूध नपुग

काठमाडौं । उत्पादन घटेसँगै बजारमा दैनिक ५ लाख लिटर दूध अपुग भएको छ । बजार माग यथावत् रहेको तर दुधालु पशुपालक किसानको संख्या घटेर दूध उत्पादनमा गिरावट आएपछि अभाव देखिएको हो । कोरोना महामारीका कारण थला परेको दुग्ध उद्योग अझै सम्हालिन नसक्दा दूध उत्पादन गर्ने किसानको संख्या घटेको हो । नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्र≈लाद दाहालका अनुसार कोरोना महामारी अघिसम्म देशभर दूध उत्पादनमा करीब ६ लाख घरपरिवार संलग्न थिए । महामारीकै प्रभावका कारण अहिले ५ लाख घरपरिवार मात्रै यसमा संलग्न छन् । दुधालु पशुपालनमा संलग्न किसान परिवारको संख्या घटेसँगै दूध उत्पादन पनि दैनिक ५ लाख लिटरका दरले घटेको दाहालले बताए । सामान्य अवस्थामा नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । अचेल दैनिक उत्पादन ५७ लाख लिटरमा झरेको छ । कोरोना महामारी अघिसम्म बजारमा दैनिक ३१ लाख लिटर दूध आपूर्ति हुने गरेकोमा अहिले २६ लाख लिटर मात्रै आपूर्ति हुन्छ । गर्मी मौसम शुरू भएसँगै अहिले दही, मही, आइसक्रिमजस्ता दुग्ध पदार्थको खपत बढेको छ । दूधको अभाव भएकै बेला पाउडर प्लान्टहरूसँग धूलो दूधको मौज्दात समेत शून्यमा झरेको छ । भदौदेखि माघसम्म दूध उत्पादन बढी हुने समयमा यस वर्ष उत्पादन बढ्न नसकेपछि धूलो दूध र बटर मौज्दात रित्तिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार बजारमा दूधको अभाव देखापरेपछि व्यवसायीले सरकारसँग दूध आयातका लागि अनुमति मागेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, निजीक्षेत्रका नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा भारतबाट दूध आयात गर्ने अनुमति माग गर्दै निवेदन दिएको बोर्डले जानकारी दिएको छ । बोर्ड र मन्त्रालयले अहिलेसम्म अनुमति दिने/नदिने केही बताएका छैनन् । अहिले नेपालमा मात्रै नभई विश्वभर दूध अभाव छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको तथ्यांकअनुसार विश्वभर अहिले १५ प्रतिशत जतिले दूध उत्पादनमा कमी आएको छ । धूलो दूध उत्पादन गर्ने प्लान्टहरूले धूलो दूध मात्रै आयात गर्नुपर्ने तर्क गरिरहे पनि आफूहरूले धूलो र कच्चा झोल दूध दुवै आयात गर्नुपर्ने माग गरेको एशोसिएशनका अध्यक्ष दाहाल बताउँछन् । उनका अनुसार दूध अभावका कारण बिस्कुट कारखानादेखि कुखुराको दाना उत्पादन गर्ने उद्योगसम्म मर्कामा परेका छन् । गतवर्ष असोजमा पनि दूध अभाव भएपछि सरकारले १ महीनाका लागि भारतबाट आयात गर्ने अनुमति दिएको थियो । तर, चाडपर्वका बेला परेको भन्दै दुग्ध व्यवसायीले त्यस बेला पर्याप्त मात्रामा दूध आयात गरेनन् ।

पर्वतमा दूध उत्पादन बढ्यो

व्यावसायिक रुपमा गाई भैंसी पाल्ने कृषकको संख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । कुश्मा नगरपालिका–९ का शिव ढकाल ६ वर्ष साउदीमा रोजगारी गरेर फर्किएपछि पशुपालन मा लागे । ५ वर्षअघि चारवटा गाईबाट सुरु गरेको व्यवसाय अहिले डेढ दर्जनभन्दा बढी माउगाईमा विस्तार भएको छ । ढकालले दैनिक दुई सय लिटर दूध बजार पठाउँछन ।फलेबासकी […]

पशुपालकको पीडा : दैनिक खर्च ९ हजार, आम्दानी सात हजार

दाङ :  घोराही उपमहानगरपालिका ३ का कुलराज बुढाथोकीले  व्यावसायिक भैँसीपालन गर्न लागेको पाँच वर्ष हुन लाग्यो।उनले यो व्यवसायमा करिब डढे करोडको लगानी गरेका छन्। उनको फर्ममा अहिले ५० वटा  भैँसी छन्, भने दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ। उनका अनुसार केही अघिसम्म दैनिक २५० लिटरसम्म दूध उत्पादन हुन्थ्यो। अहिले केही  भैँसी गाँभिना हुँदा दूध  उत्पादनमा कम भएको हो। उत्पादन भएको सबै दुध डेरीमा बिक्री हुने भए पनि उचित मूल्य नपाउने उनी बताउँछन्। ‘हिजो डिजलको मूल

दैनिक २ लाख लिटर दूध अपुग

काठमाडौं (अस) । धुलो दूधको मौज्दात घट्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग भएको छ । यतिबेला ताजा दूधको उत्पादन घटेको छ भने उद्योगहरूसँग धुलो दूध र बटरको मौज्दात पनि हुनुपर्नेभन्दा करीब आधा कम छ । यसले गर्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग हुन पुगेको राष्ट्रिय दुग्ध विकास बोर्डले जानकारी दिएको छ । फागुनदेखि भदौसम्म दूध उत्पादन घट्ने र गर्मीयाममा दही, आइसक्रिम जस्ता वस्तुको माग अत्यधिक बढ्ने लगायत विवाह, व्रतबन्ध जस्ता शुभकार्यका कारण उपभोग बढ्ने गर्छ । यो बेला बजारमा दूधको दैनिक कुल माग करीब ९ लाख लिटर हुने बोर्डको भनाइ छ । आपूर्ति ७ लाख १० हजार लिटर मात्रै भएकोले माग धान्न २ लाख लिटर दूध नपुगेको हो । यो बेला गाईवस्तुले पर्याप्त मात्रामा हरियो घाँसपात खान नपाउने भएकाले पनि दूध उत्पादन घट्छ । अघिल्ला वर्षमा यो समयमा सरकारी स्वामित्वको कम्पनी दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरीसँग बटर र धुलो दूधको मौज्दात पर्याप्त हुने गरे पनि यो वर्ष घटेको बोर्डको भनाइ छ । बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले अहिले निजी र सरकारी डेरीसँग १४ सय मेट्रिक टन धुलो दूध र २२ सय टन बटर मौज्दात रहेको जानकारी दिए । बोर्डको ३१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले फागुनदेखि भदौसम्म बजारमा करीब ३१ सय मेट्रिक टन धुलो दूध र २९ सय मेट्रिक टन बटर आवश्यक पर्ने पनि बताए । उत्पादन घटेसँगै ताजा दूध संकलन घटेको छ । बोर्डका प्रवक्ता बालक चौधरीका अनुसार यसअघि दैनिक १ लाख ५० हजार लिटर दूध संकलन गरिरहेको दुग्ध विकास संस्थानले अचेल १ लाख १० हजार लिटरमात्रै संकलन गरेको छ । त्यसैगरी, डेरी उद्योग संघले दैनिक ३ लाख ५० हजार र नेपाल डेरी एशोसिएशनले दैनिक २ लाख ६० हजार लिटर दूध संकलन गरिरहेका छन् । गाईभैंसीको नश्ल सुधारमा ध्यान दिएर काम गरेमा उत्पादन कम हुने समयमा पनि अभाव नहुने उनले बताए ।

‘भैंसी सुत्केरी भत्ता’को प्रभाव: दूध उत्पादन करीब दोब्बरले बढ्यो

वैशाख ८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले भैंसी सुत्केरी हुँदा भत्ता दिन थालेपछि दुध उत्पादन दोब्बरले बढेको छ । नगरपालिकाले पशुपालनमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७४/०७५ देखि ‘सुत्केरी भैंसी प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव अहिले देखिन थालेको छ । किसान पशुपालनतर्फ आकर्षित भई पशु पालन बढाउँदा दुध उत्पादन दोब्बरले बढ्न थालेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार किसानले पालेको भैंसी सुत्केरी हुँदा पहिलो बेतको सुत्केरी वापत ५ हजार रुपैयाँ र त्यसपछि २ हजार रुपैयाँका दरले भैंसी सुत्केरी भत्ता दिँदै आएको छ । त्यसपति यहाँका किसान भैंसी पालनमा निकै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ५ का चन्द्रप्रसाद न्यौपानेले भैंसी सुत्केरी भत्ता लागु भएपछि नै भैंसी पालन शुरू गरेका हुन् । उनले अहिले फार्म नै स्थापना गरेर १७ ओटा भैँसी पालेका छन् । ‘नगरपालिकाले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा मलाई पनि आकर्षित गरेको हो’ न्यौपानेले भने । नगरपालिकाका अनुसार भैंसी सुत्केरी भत्ता लागु हुनपूर्व नगरपालिका भित्र कुल ४ हजार ७४७ भैंसी पालन गरिएका थिए । सो समयमा वार्षिक रुपमा करिब ५०० भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रिन्थे । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको नगरपालिकाको तथ्यांक छ । उत्पादितमध्ये १५ हजार लिटर नगरपालिका भित्रै र २५ हजार लिटर दुध काठमाडौँ उपत्यकामा खपत हुने गरेको थियो । नगरपालिकाले सो अभियान शुरू गरेपछि अहिले भैंसीको संख्या दोब्बरले बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाले जानकारी दिएको छ । शाखाका अनुसार अहिले नगरपालिकामा भैंसीको सँख्या ७ हजार ८५८ पुगेको छ ।भैंसी सुत्केरी भत्ता वितरण हुन थालेपछि नगरपालिकामा मुर्रा जातका भैंसीमा थप आकर्षण चुलिएको छ । भैंसीको सँख्यासँगै हाल दूध उत्पादन पनि बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाको तथ्यांक छ । तथ्यांक अनुसार हाल दैनिक ७० हजार लिटर दुध उत्पादन हुने गरेको छ । उक्त उत्पादनमध्ये ५० हजार लिटर काठमाडाँं उपत्यकामा आपूर्ति भइरहेको छ । ‘भैंसी सुत्केरी भत्ता अभियान सञ्चालन गरेपछि भैंसीको सँख्या झण्डै दोब्बरले बढेको छ’ नगर प्रमुख भीम न्यौपानेले भने, ‘दूध उत्पादन पनि दोब्बरको छ । हाम्रो अभियान किसानसँग प्रत्यक्ष जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ ।’ भैंसी सुत्केरी भत्ता कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखेको छ । बीमा गरेबापत लागेको प्रिमियमको ५० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकाले अहिले पनि भैंसीलाई खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगर कृषि तथा पशुपञ्छि शाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैंसीको ५ लाख ७५ हजार रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ । शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६/०७७ मा ४४४ सुत्केरी भैंसी वापतको १२ लाख र आर्थिक वर्ष २०७७/०७८ मा ६४१ भैंसीवापतको १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ । भैंसी सुत्केरी भएवापत भत्ता पाइने भएपछि गाई पालक किसान पनि भैंसी पालनतर्फ नै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ३ की विमला सापकोटाले गाई पालन गर्दै आएकी थिइन् । नगरपालिकाले भैंसी सुत्केरी भत्ता कार्यक्रम लागु गरेपछि ३ वर्षअघि उनले आफ्नो गोठमा एउटा भैंसी थपिन् । नगरपालिकाले ल्याएको अनुदानपछि भैंसी थपेर दूध विक्री गर्दै आएकी उनले घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च पनि धानिरहेकी छिन् । ‘भैंसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु’ उनले भनिन्, ‘नगरपालिकाले दिएको  अनुदान, बीमा र सुत्केरी प्रोत्साहनकै कारण केही दिनमै अर्को भैंसी थप्ने योजनामा छु ।’ पनौती १२का यज्ञ खत्रीले यसअघि भैंसी पालन नगरेका होइनन् । तर, विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाएका कारण छाड्न बाध्य भएका थिए । पछिल्लो समय नगरपालिकाले भैंसीपालनमा दिइरहेको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले उनलाई पुनःव्यावसायिक भैंसीपालनमा आकर्षित गरेको छ । ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न नसकिने भएपछि चार भैंसी सस्तैमा बेचेर भैंसी पालन नै छाडेको थिए’ उनले भने, ‘अहिले पुनःभैंसी पालनमै फर्किएको छु ।’ उनको गोठमा हाल ७ भैंसी छन् ।            ‘भैँसी सुत्केरी भत्ता’ अभियानबाट यहाँको किसानको आत्मबल बढेको छ । ‘भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुने गरेको थियो’ पनौती १२की भावना थापाले भनिन्, ‘अब थप २ ओटा भैंसी थपेर पाडापाडी पनि हुर्काउने योजनामा छु ।’    न्गरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९मा हालसम्म  ९ सय भैंसी सुत्केरी भएवापतको भत्ता वितरण गरेको जानकारी दिएको छ । सोका लागि करिब ४० लाख रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाको भनाइ छ । रासस

मामाभान्जाको कृषि फार्ममा २०० गाईबाट दैनिक ५ हजार लिटर दूध उत्पादन, घरघरमै सेवा

गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका मामाभान्जाले कृषि उद्यममा हात हालेका छन । ८ करोड रुपैयाँ लगानीमा विराटनगर महानगरपालिका–१२ का मामा गजेन्द्र शर्मा बञ्जरा र भान्जा सञ्जय चापागाईंले वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका छन् । दुवैले ८ महिना अघिदेखि फार्म सञ्चालन गरिरहेका छन् । फार्ममा हाल ५० वटा गाई छन् । फार्मले दैनिक ८०० लिटर दूध उत्पादन गर्न थालेको छ । आगामी वैशाख महिनादेखि दैनिक १ हजार ५०० लिटर दूध उत्पादन गर्ने गरी कामलाई तीब्रता दिएको चापागाईंले बताए । फागुनसम्ममा ५० माउ गाई थप...

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।