दाङ : घोराही उपमहानगरपालिका ३ का कुलराज बुढाथोकीले व्यावसायिक भैँसीपालन गर्न लागेको पाँच वर्ष हुन लाग्यो।उनले यो व्यवसायमा करिब डढे करोडको लगानी गरेका छन्। उनको फर्ममा अहिले ५० वटा भैँसी छन्, भने दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ। उनका अनुसार केही अघिसम्म दैनिक २५० लिटरसम्म दूध उत्पादन हुन्थ्यो। अहिले केही भैँसी गाँभिना हुँदा दूध उत्पादनमा कम भएको हो। उत्पादन भएको सबै दुध डेरीमा बिक्री हुने भए पनि उचित मूल्य नपाउने उनी बताउँछन्। ‘हिजो डिजलको मूल