दैनिक २ लाख लिटर दूध अपुग

काठमाडौं (अस) । धुलो दूधको मौज्दात घट्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग भएको छ । यतिबेला ताजा दूधको उत्पादन घटेको छ भने उद्योगहरूसँग धुलो दूध र बटरको मौज्दात पनि हुनुपर्नेभन्दा करीब आधा कम छ । यसले गर्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग हुन पुगेको राष्ट्रिय दुग्ध विकास बोर्डले जानकारी दिएको छ । फागुनदेखि भदौसम्म दूध उत्पादन घट्ने र गर्मीयाममा दही, आइसक्रिम जस्ता वस्तुको माग अत्यधिक बढ्ने लगायत विवाह, व्रतबन्ध जस्ता शुभकार्यका कारण उपभोग बढ्ने गर्छ । यो बेला बजारमा दूधको दैनिक कुल माग करीब ९ लाख लिटर हुने बोर्डको भनाइ छ । आपूर्ति ७ लाख १० हजार लिटर मात्रै भएकोले माग धान्न २ लाख लिटर दूध नपुगेको हो । यो बेला गाईवस्तुले पर्याप्त मात्रामा हरियो घाँसपात खान नपाउने भएकाले पनि दूध उत्पादन घट्छ । अघिल्ला वर्षमा यो समयमा सरकारी स्वामित्वको कम्पनी दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरीसँग बटर र धुलो दूधको मौज्दात पर्याप्त हुने गरे पनि यो वर्ष घटेको बोर्डको भनाइ छ । बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले अहिले निजी र सरकारी डेरीसँग १४ सय मेट्रिक टन धुलो दूध र २२ सय टन बटर मौज्दात रहेको जानकारी दिए । बोर्डको ३१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले फागुनदेखि भदौसम्म बजारमा करीब ३१ सय मेट्रिक टन धुलो दूध र २९ सय मेट्रिक टन बटर आवश्यक पर्ने पनि बताए । उत्पादन घटेसँगै ताजा दूध संकलन घटेको छ । बोर्डका प्रवक्ता बालक चौधरीका अनुसार यसअघि दैनिक १ लाख ५० हजार लिटर दूध संकलन गरिरहेको दुग्ध विकास संस्थानले अचेल १ लाख १० हजार लिटरमात्रै संकलन गरेको छ । त्यसैगरी, डेरी उद्योग संघले दैनिक ३ लाख ५० हजार र नेपाल डेरी एशोसिएशनले दैनिक २ लाख ६० हजार लिटर दूध संकलन गरिरहेका छन् । गाईभैंसीको नश्ल सुधारमा ध्यान दिएर काम गरेमा उत्पादन कम हुने समयमा पनि अभाव नहुने उनले बताए ।

सम्बन्धित सामग्री

चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

भरतपुर, २६ असार । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पु¥याएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। असार […]

दैनिक ५ लाख लिटर दूध नपुग

काठमाडौं । उत्पादन घटेसँगै बजारमा दैनिक ५ लाख लिटर दूध अपुग भएको छ । बजार माग यथावत् रहेको तर दुधालु पशुपालक किसानको संख्या घटेर दूध उत्पादनमा गिरावट आएपछि अभाव देखिएको हो । कोरोना महामारीका कारण थला परेको दुग्ध उद्योग अझै सम्हालिन नसक्दा दूध उत्पादन गर्ने किसानको संख्या घटेको हो । नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्र≈लाद दाहालका अनुसार कोरोना महामारी अघिसम्म देशभर दूध उत्पादनमा करीब ६ लाख घरपरिवार संलग्न थिए । महामारीकै प्रभावका कारण अहिले ५ लाख घरपरिवार मात्रै यसमा संलग्न छन् । दुधालु पशुपालनमा संलग्न किसान परिवारको संख्या घटेसँगै दूध उत्पादन पनि दैनिक ५ लाख लिटरका दरले घटेको दाहालले बताए । सामान्य अवस्थामा नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । अचेल दैनिक उत्पादन ५७ लाख लिटरमा झरेको छ । कोरोना महामारी अघिसम्म बजारमा दैनिक ३१ लाख लिटर दूध आपूर्ति हुने गरेकोमा अहिले २६ लाख लिटर मात्रै आपूर्ति हुन्छ । गर्मी मौसम शुरू भएसँगै अहिले दही, मही, आइसक्रिमजस्ता दुग्ध पदार्थको खपत बढेको छ । दूधको अभाव भएकै बेला पाउडर प्लान्टहरूसँग धूलो दूधको मौज्दात समेत शून्यमा झरेको छ । भदौदेखि माघसम्म दूध उत्पादन बढी हुने समयमा यस वर्ष उत्पादन बढ्न नसकेपछि धूलो दूध र बटर मौज्दात रित्तिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार बजारमा दूधको अभाव देखापरेपछि व्यवसायीले सरकारसँग दूध आयातका लागि अनुमति मागेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, निजीक्षेत्रका नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा भारतबाट दूध आयात गर्ने अनुमति माग गर्दै निवेदन दिएको बोर्डले जानकारी दिएको छ । बोर्ड र मन्त्रालयले अहिलेसम्म अनुमति दिने/नदिने केही बताएका छैनन् । अहिले नेपालमा मात्रै नभई विश्वभर दूध अभाव छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको तथ्यांकअनुसार विश्वभर अहिले १५ प्रतिशत जतिले दूध उत्पादनमा कमी आएको छ । धूलो दूध उत्पादन गर्ने प्लान्टहरूले धूलो दूध मात्रै आयात गर्नुपर्ने तर्क गरिरहे पनि आफूहरूले धूलो र कच्चा झोल दूध दुवै आयात गर्नुपर्ने माग गरेको एशोसिएशनका अध्यक्ष दाहाल बताउँछन् । उनका अनुसार दूध अभावका कारण बिस्कुट कारखानादेखि कुखुराको दाना उत्पादन गर्ने उद्योगसम्म मर्कामा परेका छन् । गतवर्ष असोजमा पनि दूध अभाव भएपछि सरकारले १ महीनाका लागि भारतबाट आयात गर्ने अनुमति दिएको थियो । तर, चाडपर्वका बेला परेको भन्दै दुग्ध व्यवसायीले त्यस बेला पर्याप्त मात्रामा दूध आयात गरेनन् ।

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईंका अनुसार दूध प्रति वर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रति वर्ष प्रति व्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार नवलपुरमा एक लाख

साउन १५ः करिब ५० लाख लिटर दूध खपत

काठमाडौँ – आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ। आज करिब ५० लाख लिटर दूध खपत भएको छ। मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो। नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पुर्‍याउनका […]

साउन १५ मा ५० लाख लिटर दूध खपत

आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो ।

चितवनबाट दैनिक १ लाख ७४ हजार ८ सय लिटर दूध निर्यात

चितवनबाट दैनिक १ लाख७४ हजार ८ सय लिटर दूध निर्यात हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र चितवनका अनुसार,जिल्लामा उत्पादित दूधको ५५ प्रतिशत बाहिरी जिल्ला जाने गरेको हो।...

दस लाख लिटर दूध अभाव

काठमाडौं, कात्तिक १३ । कोभिड–१९ का कारण दुग्ध तथा दूध पदार्थ बिक्री नहुँदा हैरान भएका डेरी उद्योगीहरूलाई अहिले दूधको अभाव भएको छ । होटल, विद्यालय, पार्टी प्यालेस, कलकारखानालगायत बजार सञ्चालनमा आएपछि दूध तथा दुग्धजन्य पदार्थको माग बढेको कारण दूधको अभाव भएको छ । कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीका कारण बिक्री नभएको दूधबाट एसएनपी ९धुलो दूध०, […]

नेपालगञ्जमा डुडुवाबाट मासिक १८ लाख लिटर दूध बिक्रीवितरण

नेपालगञ्ज – डुडुवाका राजेश यादव बिहान साइकलमा दूध राखेर नेपालगञ्ज आउँछन्। नेपालगञ्जका एक दर्जन घरमा दूध पुर्‍याएर उनी घर फर्किन्छन्। बिहान उठेर भैंसीलाई कुडोपानी दिने, दूध दुहुने र साइकलमा राखेर नेपालगञ्ज ल्याएर महिनावारी ग्राहकलाई दूध दिएर फर्किनु उनको दैनिकी नै हो। डुडुवा नेपालगञ्जसँग जोडिएको गाउँपालिका हो। यहाँबाट राजेशजस्ता सयौं किसान बिहान दूध बोकेर नेपालगञ्ज आउँछन् […]

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

– कृष्ण दवाडी कास्की, १० भदौ: माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका […]

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

सल्यान : सल्यानमा गत आर्थिक वर्षमा करिब २ करोड लिटर दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको छ।कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ। यसबाट ९५ लाख १५ हजार रूपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जानकारी दिए।पछिल्लो समय सल्यान दूधमा आत्मनिर्भर भएको उनको भनाइ छ। जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेट्रिक टन दूध जिल्ला