रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्।रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् भने निजी डेरीले १२ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संस्था रौतहटका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।उत्पादन भएको अन्य दूध स्थानीय बजारमा खपत हुँदै आएको उनले बताए। उनका अनुसार विगत पाँच महिनादेखि डिडिसीले किसानला