सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ । वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्कनुभएको छ ।

सम्बन्धित सामग्री

काभ्रेमा डेङ्गु सङ्क्रमण बढ्दै, 'हाई अलर्ट'मा स्वास्थ्यकर्मी

काठमाडौं : काभ्रेपलाञ्चोकमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ। करिब एक महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रोसाता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका थिए। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न…

पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित

जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बेनी अस्पतालमा ओपीडी सेवा बन्द

म्याग्दी – म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आज (आइतवार) देखि ओपीडी सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालले जनाएको छ ।  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सेवा सञ्चालनमा असहज भएकाले आउँदो शुक्रवारसम्मका लागि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो । गएकाे शुक्रवारकाे बैठकल...

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

दमौली, ९ माघ: तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर […]

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्इंले जानकारी दिनुभयो । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना …

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रम...

बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा

वालिङ । यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा कोरोनाको सङ्क्रमण दर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए […]

कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोेलमा

जाजरकोट, २८ वैशाख: कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ । गाउँमा बिरामी भएको […]

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।उक्त अस्पतालको आकस्मिककक्षबा

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा