विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रम...

सम्बन्धित सामग्री

शून्यमा झर्यो कोरोना भाइरसको सङ्क्रमण

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस […]

कोरोना भाइरस सङ्क्रमितको संख्या घट्दै

कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ । यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, …

सङ्क्रमण कम भएपछि तीन महिनादेखि ल्याइएन कोरोना खोप

कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम

पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ४८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय १६ जनामा झरेको छ । थप २३ हजार ६ सय सात जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

काठमाडौँ- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनलाई दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री ट्रुडोले आफूलाई दोस्रो पटक कोरोना भाइरस सङ्क्रमण भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका हुन् । उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् । उनले ट्विटमा […]

क्यानडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना सङ्क्रमण भएको पुष्टि

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्विटरमार्फत जानकारी गराएका हुन् । उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका […]

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराउनुभएको हो । उहाँले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताउनुभएको छ ।उहाँले […]

थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डाै - नेपालमा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १८ जना निको भएसँगै नेपालमा अब कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या  दुई सय ४९ जनामा झरेको छ । २४ घन्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप एक लाख २ हजार ५ सय ४३  जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाण्डाै - पछिल्लो २४ घन्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार ६ सय ५१ जनाको नमुना परीक्षण गर्दा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप २५ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । यसैबीच पछिल्लो २४ घन्टामा एक लाख २९ हजार ८३ जनाले कोरोनाविरुद्धको खाप लगाएका छन् ।

कर्णालीमा बिहीबार सङ्क्रमित हुने भन्दा डिस्चार्ज हुने धेरै

कर्णाली प्रदेशमा बिहीबार ११४ जनाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यो तथ्याङ्क साउन महिना यताकै बढी हो। साउन महिना सुरु भएसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक उकालो लाग्दो थियो । बिहीबार भने १०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिँदा ११४ जनाले जितेर डिस्चार्ज भएका हुन् । यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ।  बुधबार प्रदेशमा ९३२ जना सक्रिय सङ्क्रमित रहेका थिए भने बिहीबार ८९७ मा झरेको छ । प्रदेशमा कहिले सङ्क