तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

दमौली, ९ माघ: तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर […]

सम्बन्धित सामग्री

टेकु अस्पतालमा खोप अभियान स्थगित !

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले स्थगित गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो । […]

मकवानपुरमा ५२ स्वास्थ्यकर्मी संक्रमित

मकवानपुरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका गरी मंगलबारसम्म ५२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालका ३६ कर्मचारीमा कोरोना संक्रमण

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) का ३६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बिहीबारदेखि आजसम्म ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए ।अस्पतालको ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मीसहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जनामा गरी कूल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष प्रसाईले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई समेत संक्रमण पुष्टि भएको उनको भ

भारतमा ६० वर्षभन्दा माथिका नागरिक र अग्रपङ्क्तिमा खटिनेलाई बुस्टर डोज

काठमाण्डाै - भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने बताउनु भएको हो । उहाँले सम्बोधनका क्रममा अग्रपङ्क्तिमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका नागरिकलाई प्रिकर्सन अर्थात सतर्कता डोज दिने बताउनु भएको हो । कोरोना विरुद्धको तेस्रो खोपलाई विश्वमा बुस्टर डोज भनिए पनि मोदीले भने प्रिकर्सन डोजको नाम दिएका भारतीय सञ्चार...

लुम्बिनी सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशस्थित चार वटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो । प्रदेशका कोरोना अस्पतालमा कार्यरत चार सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना नियन्त्रण तथा […]

स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला समूह

मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्याउने अभियान चलाइएका जनाइएको छ । जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिक रुपमा न

कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचार खर्च र क्षतिपूर्ति

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीलगायत कर्मचारीलाई उपचार र क्षतिपूर्तिको घोषणा गरेको छ ।

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सरकारले तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका छन्।

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने  पनि ओलीले बताए ।