स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बेनी अस्पतालमा ओपीडी सेवा बन्द

म्याग्दी – म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आज (आइतवार) देखि ओपीडी सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालले जनाएको छ ।  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सेवा सञ्चालनमा असहज भएकाले आउँदो शुक्रवारसम्मका लागि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो । गएकाे शुक्रवारकाे बैठकल...

सम्बन्धित सामग्री

सङ्क्रमण घटेसँगै शुरु भयो ओपिडी सेवा

कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै  आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए। उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अ

बाँके जिल्ला अस्पतालमा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

बाँके । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ ।  जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपिडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ । पचास शैय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना सङ्क्रमण

नवलपरासीमा मध्यबिन्दु जिल्ला अस्पतालको सेवा प्रतिक्षालयबाट

नवलपरासी - नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालले प्रतिक्षालयबाट ओपीडी सेवा दिन थालेको छ । जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय  सहयोगीमा  कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतिक्षालयबाट सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल गौतमले बता...