काठमाडौं : नेपालमा ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को विवरणमा पुरूषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ। १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५ दशमलव ९ प्रतिशत थियो। पुरूषको साक्षरता दर ७५ दशमलव १ प्रतिशत र महिलाको साक्षरता दर ५७ दशमलव ४ प्रतिशत