सुर्खेत : कर्णाली प्रदेशमा अझै पाँच जिल्ला साक्षर घोषणा नभएको पाइएको छ । यहाँका ३४ प्रतिशत निरक्षर रहेको सरकारी तथ्यांक रहेको छ । कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा जिल्लालाई अझै साक्षरता घोषणा गर्न नसकिएको हो ।१० जिल्लाको साक्षरता दर ६६ प्रतिशत साक्षर रहेका छन् भने चार लाख भन्दा बढी निरक्षर रहेका छन । साक्षर घोषणा हुन नसकेका जिल्लाहरूमा रहेका स्थानीय सरकारले अपनत्व ग्रहण नगर्दा प्रगति सुस्त देखिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताइन् । कर्णालीमा पाँच