कुमारी बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । कुमारी बैंकको ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले  वार्षिक १० प्रतिशत भएको १० % केबिएल डिबेञ्चर २०९० नामक ऋणपत्र सूचीकृत गराएको हो ।

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत, आइतवारबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री खुला गरेको थियो ।  आगामी १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत, आइतवारबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री खुला गरेको थियो ।  आगामी १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।

एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत, कति कित्ता सूचीकृत भए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य रू. १००० दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले १० वर्षे अवधिको  वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलि अर्थात बिहीवार देखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

सानिमा बैंकको ‘१०.२५% सानिमा डिवेञ्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।१० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मंगलबार सूचीकृत गर्न नेप्से र बैंकबीच सहमति भएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको ऋणपत्रलाई नेप्सेले एसबीडी ८९ संकेत दिएको छ ।यही संकेतमा ऋणपत्र कारोबारमा […]

एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

वैशाख २२, काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले ८ वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

चैत २९, काठमाडामैं । मंगलवार नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  सिभिल बैंक डिवेञ्चर २०८८ डिबेञ्चर नामक ऋण सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३० लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको कम्पनीले जानकारी दिएको छ ।

नबिल बैंकको ऋणपत्र सूचीकृत

मंसिर १५, काठमाडौं । नबिल बैंकको ऋणपत्र बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  सूचीकृत भएको छ ।  कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै (बिहीवार) मंसिर १६ गतेदेखि ऋणपत्र कारोबारमा आउनेछ ।  कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर - २०८५ नामक ऋणपत्र सूचीकृत भएको हो ।

लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत

भदौ १७, काठमाडौं । लक्ष्मी बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो इकाई आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।   बिहीवार नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनी बीच ऋणपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आगामी आइतवारदेखि खरीदविक्री गर्न सकिने छ ।

एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत

भदौ ३, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । एनएमबि उर्जा ऋणपत्र १५ लाख कित्ता र २० लाख कित्ता एनएमबि ऋणपत्र सूचीकृत भएको हो ।  यी दुवै ऋणपत्र भदौ ३ गते नेपाल स्टक एक्सचेञ्ज र एनएमबि बैंक बिच धितोपत्र सूचीकृत सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।   आगामी आइतवार सार्वजनिक विदा रहेकाले सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्ने भएका हुन् ।

कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ बिक्रीका लागि नेपाल स्टक एक्सचेञ्जले सूचीकृत गरेको छ । बैंकले २०७७ माघ २२ गते निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मूल्य एक हजार कायम भएको १० लाख कित्ता असार १० गतेदेखि नेपाल स्टक एक्सचेञ्जले कारोबार गर्न सक्ने गरी सूचीकृत गरेको हो । […]