काठमाडाैं : पोखरामा पर्यटन दिवसको अवसरमा पदयात्रा भएको छ। मंगलबार पर्यटकीय स्थलको खोजी गर्न पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा भएको हो।पदयात्राको उद्घाटन गैह्र आवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले गरेकी हुन्। पर्यटकीय स्थलको खोजी गर्न काँहुखोला-भञ्ज्याङ - चिप्लेटी-बिहाडा-महाप्रभुधाम-मणिदिप-कसेरी हुँदै पदयात्रा भएको पोखरा महानगरपालिका वडा १३ अध्यक्ष किरण बरालले जानकारी