ओखलढुंगामा नयाँ पदयात्रा मार्ग घोषणा

२३ जेठ, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरेका हुन् । सो अवसरमा गत ७ मंसिरदेखि भएको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडामा भएको गल्फ […]

सम्बन्धित सामग्री

सडक सञ्जालले पदयात्रा मार्ग मासिँदै

सडक सञ्जालको विस्तारले पदयात्रा मार्ग मासिन थालेपछि पर्यटकको आगमन र बसाइ अवधि घटेकोप्रति पर्यटन व्यवसायी चिन्ता व्यक्त गरेका छन् । सडक सञ्जालका कारण अन्नपूर्ण क्षेत्र र धौलागिरि क्षेत्रका थुप्रै पुराना र चर्चित पैदल मार्ग मासिन थालेका हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष सुशीलराज पौडेलले सडक मार्गका कारण अब व्यवसायीले व्यवसाय गर्ने ठाउँ कहाँ हो भन्ने प्रश्न उब्जिएको बताउनुभयो । पदयात्रा मासिँदा नेपाल किन आउने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उहाँले यी पद मार्ग र प्राकृतिक सुन्दरताको संरक्षण नै पर्यटन प्रवद्र्धन हो भन्ने हिसाबले अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । झन्डै तीन हप्ता लामो अन्नपूर्ण चक्रीय पदमार्गसमेत एक हप्तामा खुम्चिएको र म्याग्दीको घोरेपानी पुग्ने पदमार्गलगायत अन्य दर्जनौँ पर्यटकीय मार्ग छोटिने र मासिने क्रममा रहेको उहाँले बताउनुभयो ।

‘ग्रेट हिमालय ट्रेल’मा फ्रान्सकी पदयात्री यानिकको १२६ दिन

काठमाडौं । संसारकै सबैभन्दा लामो र उचाईमा रहेको ‘ग्रेट हिमालय ट्रेल’ को नाम सुन्नेहरुलाई यो पदयात्रा मार्ग कस्तो होला ? भन्ने कौतुहल्ता भईहाल्छ । यो पदयात्रा मार्ग धेरै मनोरम एवं निकै आकर्षक होला भनेर विभिन्न देसका पर्यटक यस पदयात्रा क्षेत्रको भ्रमण गर्न लालायित हुन्छन । यस्तै कौतुहलता बोकेर दुई पटकमा गरि १२६ दिनको पदयात्रा भ्रमण […] The post ‘ग्रेट हिमालय ट्रेल’मा फ्रान्सकी पदयात्री यानिकको १२६ दिन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साहसिक पदयात्रा मार्ग र शेर्पेनीकोल

साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कैयौं हिमाल र हिमालका घाँटीहरू पास गर्दै कठिन यात्रा गर्नुपर्ने उच्च हिमाली क्षेत्रमा रहेका पदयात्रा (ट्रेकिङ रूट) मार्ग छन् । ग्रेट हिमाल ट्रेल, शेर्पेनीकोल, टाशीलाप्चा पास, आमालाप्चा पास, मिङ्माला पास, मेराला पास, कालापत्थर, गोक्यो–री, रिन्जोला पास, चलोला पास, कञ्चनजंघा दक्षिण सेलेले पास, मिरिङला पास, कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, अप्पर डोल्पा, शे–गुम्बा, धो–तराप पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास, तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धवलागिरि पास (धवलागिरि राउन्ड), गोसाइँकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छे« तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धवलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास आदि प्रमुख पदयात्रा मार्ग हुन् । विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने धेरै कम पदयात्रा मार्गमध्ये पर्ने शेर्पेनीकोल एक हो । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६ हजार २०० मीटरको सेरोफेरोको यात्रामा खुबै सास्ती खेपिरहेका हुन्छन् । धेरै उचाइ र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकाले यो पदमार्गमा धेरै कम विदेशी पर्यटक आउने गरेका छन् । यो रूटमा ट्रेकिङ गर्न कुनै बेला सुनसरी जिल्लाको धरान बजार, भेंडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपथ्र्यो । अहिले चाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, वरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ । केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा वरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला बजारमा आएर आफ्नो २५/२६ दिनदेखि २९/३०/३१ दिनसम्मको पदयात्रा समाप्त गर्छन् । यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) मा क्याम्प गर्नुपर्छ । यहाँ सीधा भिरालो छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ । ६,२०० मीटरको हाराहारीमा वरुणत्चे हिमालको क्याम्प–१ मा वास बस्नुपर्छ । यो मार्गमा टासीगाउँसम्म मान्छेको बसोवास छ । यहाँ २०–२५ घर शेर्पा छन् । त्यसपछिको प्राय: सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न शुरू गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मीटर उचाइमा अवस्थित छ । त्यस्तै १ दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६,२०० मीटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला खुबै सास्ती खेपिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजनको कमी हुन्छ । हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् । प्राय: सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारण सिकिस्तै हुन्छन् भने कतिको त हिँड्दाहिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ । शेर्पेनीकोल पास गरेर वरुणत्चे बेस क्याम्प आउने दिन लगभग ५०० मीटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिँड्छन् । ज्यानभन्दा ठूलो होइन ती खानेकुरा र सरसामानहरू ! बाटामा कताकति हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लास प्राय: नेपालीका, त्यसमा पनि भरियाहरूको हुन्छ । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जजसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यहाँ पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीच बाटोमा कथंकदाचित् विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्दे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउँथ्यो । नेपालीहरू मरी हालेमा लास त्यतै छाडिन्थ्यो । त्यस्तो अनकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँदैनथ्यो । बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो । लेखक पर्यटनकर्मी हुन् ।

मर्दी पदयात्रा मार्ग स्तरोन्नति धमाधम : ओइरिँदै पर्यटक

पोखरा । मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम धमाधम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रूपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनति थालिएको हो । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यको समेत चासो पुगेको पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नतिअन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ ।       त्यस्तै, पदमार्गका विभिन्न अप्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ–ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएकाले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको उनले बताए ।      प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको बताउँदै गौतमले कोरोना कहरका कारण यस क्षेत्रको पदयात्रा पनि प्रभावित बनेको जानकारी दिए । गुराँस फुल्ने जंगलैजंगल चराचुरुंगीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्छन् । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गङगापूर्णजस्ता हिमाललाई एकैसाथ अवलोकन गर्न सकिन्छ ।      कोरोना कहर अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमले बताए । उनका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अस्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फोरेस्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यू प्वाइन्टसम्म लगभग १०० वटा होटल रहेका छन् । पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन यस क्षेत्रका सबै  व्यवसायी तथा मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउनु आवश्यक भएको उनको धारणा छ ।      नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत, वैशाखको समय यहाँको सुन्दरता रमणीय हुने  होटल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पदयात्रा गर्दा सुरुमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायत पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संद्दका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको सुनाए ।      कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पुर्‍याउने बताउँदै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदुर सबैलाई खोपको पूर्ण मात्रा लगाइनुपर्नेमा जोड दिए । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालकसमेत रहेका सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटल निर्माणले गति लिएको छ । कास्कीको काँडेबाट सुरु हुने यो पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्छ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् ।      समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घन्टामा ४ हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घन्टामा ५ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झन्डै दुई घन्टाको समयावधिमा पर्यटक पोखरा पुग्छन् । प्रकृतिमा आधारित पदमार्गका रूपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदि निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् ।      कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउन नेपाल पर्यटन बोर्ड र युनडिपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । पदयात्रा क्षेत्रका मजदुरलाई पेसामा टिकाइराख्न उनीहरूलाई बिग्रे/भत्केका पदमार्गमर्मत गर्न लगाउँदै रोजगारी सिर्जना गरी केही न केही राहत पुर्‍याउनेलगायत योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।      पदयात्रा पर्यटनसँग जोडिएका मजदुरलाई यस पेसामा टिकाउनु आवश्यक भएको बताउँदै उनले कोरोना कहर अन्त्य भएसँगै पर्यटन क्षेत्रले पुनः गति लिने विश्वास व्यक्त गरे ।

तेस्रो अन्नपूर्ण म्याराथन २० जेठमा

विश्वकै १० पदयात्रा मार्ग अन्तर्गत रहेको अन्नपुर्ण पदमार्ग अन्तर्गत  अन्नपुर्ण आधार शिविरदेखि घान्द्रक सम्म हुने तेस्रो संस्करणको अन्नपुर्ण म्याराथन २०२१ आउदो २० जेठमा हुने भएको छ । जुन थर्ड (२०...

हिमताललाई चिनाउन नयाँ पदयात्रा मार्ग खोलिँदै

२७ पुस, पोखरा । होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ । पछिल्ला एक दुई वर्षयता बढी चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा रहेको छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल …

हिमताललाई चिनाउन नयाँ पदयात्रा मार्ग खोलिँदै

पोखरा, पुस २७ गते । होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी...

क्हफुचे ताललाई प्रवर्द्धन गर्न नयाँ पदयात्रा मार्ग खोल्दै टान

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले कास्कीको क्हफुचे हिमताललाई देश/विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाएको छ । टानले उक्त तालको प्रवर्द्धनका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान समेत संचालन गरेको थियो । पछिल्ला एक/दुई वर्ष यता बढी चर्चामा आउन थालेको कास्कीको मादी गाउँपालिका– १ मा समुन्द्र…

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ। लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ।

अन्नपूर्ण पदयात्रा मार्ग क्षेत्रका होटल संकटमा

जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ। यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ। यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ…