एमाले अध्यक्ष केपी ओलीले आफूले ल्याएको विकासको योजना रोकेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे ।