मौद्रिक नीतिको उत्साहमा ब्रेक लागेको संकेत, नाफा बुकिङमा ठूला लगानीकर्ता सक्रिय

काठमाडौं। सेयर बजार प्रति उदार भइ सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको उत्साह मंगलबारको कारोबारले समाप्त भएको संकेत गरेको

सम्बन्धित सामग्री

अर्थतन्त्र लड्खडाइरहँदा ब्याजदर बढाउँदैछ ईसीबी,  फेडले रोक्यो वृद्धि

काठमाडौं । यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउँदैछ । बिहीबार बस्ने ब्याजदर निर्धारण गर्ने समितिको बैठकमा बैंकले ऋणको लागत बढाउने पक्कापक्की भएको विश्लेषण गर्न थालिएको छ । बैंकले फेरि ब्याजदर बढायो भने यो २२ वर्षयताकै उच्च स्तरमा उक्लिनेछ ।  एकल मुद्रा यूरो चलाउने देशहरुको समूह यूरोजोनको अर्थतन्त्र डगमगाइरहेको भएपनि बैंकले महँगी विरुद्धको लडाईलाई निरन्तरता दिँदैछ । अहिले यूरोजोनको आर्थिक  वृद्धिदर स्थीर छ । महिनौंयता महँगी मध्यम स्तरमा अडिग भएर बसेको छ । यूरोजोनमा मुद्रास्फीति ६ दशमलव १ प्रतिशतको असहज स्तरमा छ ।  यो ईसीबीको लक्षित बिन्दुभन्दा तेब्बर भन्दा पनि बढी हो । मुद्रास्फीतिलाई २ प्रतिशतमा राख्ने ईसीबीको लक्ष्य छ  । यसैले पनि बैंकसामु ब्याजदर बढाउनुको विकल्प छैन । गएको वर्ष समकक्षी बैंकहरुको तुलनामा ईसीबीले निकै ढिला मात्रै ब्याजदर बढाउन शुरू गरेको थियो । अब महँगी नियन्त्रणको लक्ष्य हासिल नभइकन वा महँगी अलि अलि मात्रै भएपनि सहन सक्ने स्तरमा नआउँदा सम्म ब्याजदर बढाउन ठ्याप्पै राक्न सक्ने अवस्थामा बैंक छैन । बैंकले ब्याजदर २५ आधार बिन्दुले बढाएर साढे ३ प्रतिशतमा पुर्याउने आशा गरिएको छ । ब्याजदर बढाएर यो स्तरमा पुर्याइयो भने यो सन् २००१ यताकै उच्च स्तरमा हुनेछ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणका अनुसार जुलाईमा पनि बैंकले यही स्तरमा ब्याजदर बढाउनेछ । जुलाई पछि भने बैंकले के गर्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । उता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले भने बुधबार अबेर नीतिगत बैठकपछि लगातारको १० औं ब्याजदर वृद्धिलाई ब्रेक लगायो । यसले लगानीकर्ताहरुमाझ विकसित देशहरुको मौद्रिक नीति कसिलो बनाउने चक्र अन्त्य नजिक आइपुगेको हो कि भन्ने बलियो संकेत दिएको छ । यद्यपि, वर्षको बाँकी अवधिमा भने कम्तिमा पनि २ ओटा ब्याजदर बढ्न सक्ने संकेत फेडको छ ।  सन् २०२२ को मार्चयता फेडले अमेरिकी अर्थतन्त्रलाई चिसो बनाउन र महँगीमा अंकुशन लगाउन लगातार १० पटक ब्याजदर बढाएको थियो । अहिले ब्याजदर रोक्नु नीतिगत समितिका अधिकांश अधिकारीहरुको राय थियो । यद्यपि, मुद्रास्फीतिलाई २ प्रतिशतमा झार्न भविष्यमा केही ब्याजदर वृद्धि भने हुन सक्ने सम्भावनातर्फ भने धेरैले औंल्याएका थिए ।  फेडले अहिले ब्याजदर वृद्धिको चक्र रोक्नुले ईसीबीको भावी कदमलाई प्रभावित बनाउन सक्ने विश्लेषण पनि गरिएका छन् । ईसीबीले जुलाईमा ब्याजदर बढाएर ३ दशमलव ८५ प्रतिशतको उच्च स्तरमा पुर्याउन सक्ने सम्भावना पनि लगानीकर्ताहरुले देखिरहेका छन् । औद्योगिक पावरहाउस जर्मनी आर्थिक मन्दीमा गयो । यो वर्ष जर्मन अर्थतन्त्रमा झिनो वृद्धि देखिने आशा गरिएको छ ।  बेरोजगारी दर कीर्तिमानी न्यून स्तरमा छ । तलब वृद्धिले पनि लय समातिरहेको छ । कर्जा झन झन महँगो हुँदै गएपछि घर परिवार र व्यवसायहरुबाट कर्जाको माग घटेको छ । तर कर्जा माग्न आउनेहरुलाई ऋण दिने बैंकको तत्परताका कारण खपत भने उच्च नै छ । एजेन्सी

सेयर बजारको वृद्धिमा ब्रेक, आज ४४ अंकले घट्दा कारोबार पनि खुम्चियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को उकालो यात्रामा ब्रेक लागेको छ । गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४ अंकले घटेको हो ।आइतबार नेप्सेमा ६१ अंकको र सोमबार ५४ अंकको सुधार आएको थियो । यससँगै, २१ सय ३२ अंकमा पुगेको नेप्से परिसूचक घटेर २ हजार ८८ अंकमा आइपुगेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको तेस्रो दिनमा आज नेप्से २.१० प्रतिशतले घटेको हो ।यसक्रममा आज नेप्सेमा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको ८७ लाख ४० हजार कित्ता सेयर किन

सेयर बजारमा सामान्य गिरावट : साढे चार अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा  सामान्य गिरावट भएको छ । मौद्रिक नीति समीक्षापछि लगातार घटिरहेको बजारमा मंगलबार ६.५ प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । तर, नेप्सेको उक्त वृद्धि एक दिनबाट दोस्रो दिनसम्म टिक्न सकेन । यद्यपि, बजारमा उतारचढाव देखिए पनि ४.२३...

शेयर बजारको ‘वियरिष ट्रेण्ड’मा ब्रेक

काठमाडौं, मंसिर २० । शेयर बजारको ‘वियरिष ट्रेण्ड’मा ब्रेक लागेको छ । पछिल्लो दिन निरन्तरजसो भारी गिरावट आएको बजारमा सोमबार एकाएक दोहोरो अंकको सुधार आएको हो । मौद्रिक नीति समिक्षासंगै ओरालो लागेको बजार सोमबार पहिलो पटक दोहोरो अंकले सुधारिएको हो । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि सुधारिएर साढें ४ अर्ब माथि पुग्यो । उतार […]

यी दुई कारणले सम्भव भयो शेयर बजारमा 'बाउन्स ब्याक'

सोमबार शेयर बजार परिसूचक नेप्से इतिहास कै सबैभन्दा धेरै अंकले बढेको छ। आज नेप्से सूचक ५.७४ प्रतिशत अर्थात १६१.९४ अंकले बढेको हो । यो हालसम्म कै उच्च अंकको वृद्धि हो । आइतबार कारोबार समयमा नेप्से सूचक १४७.३१ अंकले घटेपछि सर्किट ब्रेक लगाईएको थियो । आइतबार बजार १०६ अंकको घटेर बन्द भएको थियो। तर आज सोमबार बजार बाउन्स ब्याक भएको हो । बजार बाउन्स ब्याक हुनको लागि २ विषयले काम गरेको बताईएको छ ।पहिलो अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच फोन वार्ताको समाचार ।  शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको र राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेको समाचार बाहिरिएको थियो । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको उल्लेख गरिएको थियो । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनिएको उल्लेख थियो ।  जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउने बताएको खबर आएपछि लगानीकर्ता आशावादी भएका हुन् । यो नै बजार बाउन्स ब्याक हुनुको मुख्य कारण रहेको बताईन्छ । दोस्रो विषय भने नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाको ब्यबस्था बारे थप प्रष्ट पारेकोले लगानीकर्ताहरु त्यसबाट पनि केहि आशावादी भएको जानकार बताउछन् । मार्जिन कर्जाबारे भ्रम रहेको भन्दै राष्ट्र बैंकले प्रश्नोत्तर शैलीमा यसबारे थप प्रष्ट पारेको हो । राष्ट्र बैंकले आफ्नो वेबसाइटमा धेरै सोधिने प्रश्नमा 'के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ?' भन्ने प्रश्न राखेको छ  । त्यसको जवाफमा भनिएको छ 'उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन ।' यसले पनि केहि प्रोत्साहन मिलेको बताईन्छ । आज नै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकका प्रवक्तालाई ज्ञापन पत्र बुझाएको थियो । आज कारोबारमा आएका २२४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर खरिद बिक्रिबाट ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ६ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ४६ करोड ३० लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख , अपर तामाकोशीको २४ करोड ९२ लाख तथा नेशनल हाइड्रोको १९ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये विकास बैंक समुह ९.९२ प्रतिशत, फाइनान्स समुह ९.३४ प्रतिशत र तथा हाइड्रो पावर समुह ९.११ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका सबै १८५ कम्पनीको मूल्य बढेको छ ।

मौद्रिक नीतिपछिको सेयर बजार

शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै पुँजी बजारमा यसको सकारात्मक प्रभाव पर्ने जुन आकलन गरिएको थियो, आइतबारको कारोबारमा त्यही नै भयो । आइतबार सेयर बजार खुलेको ६ मिनेटदेखि १ घण्टा ८ मिनेटसम्म तीन पटक सकारात्मक सर्किट ब्रेक लाग्नुले सेयर बजार अब केही दिन उकालो यात्रामा अघि बढ्ने देखिन्छ । पहिलो पटकको सर्किटमा २० मिनेट र दोस्रो पटकको सर्किट ४० मिनेट लागेपछि जम्मा कारोबार भने ८ मिनेट मात्र भएको छ ।

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ ।

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

काठमाडौँ । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले …

https://www.onlinekhabar.com/2020/07/882804

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा …