नेकपा एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्डसमेत पास गरेको छ ।

सम्बन्धित सामग्री

बैतडीका चार दलले गरे उम्मेदवार सिफारिस

बैतडी : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका चार राजनीतिक दलले उम्मेदवार सिफारिस गरेका छन्। सिफारिस गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन्।नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि जिल्ला सभापति चतुरबहादुर चन्द सहित ९ जनाको नाम सिफारिस गरेको छ। विनयध्वज चन्द, नरबहादुर चन्द, शिवराज भट्ट, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर र दिनेश भट्टको नाम सिफारिस गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोश

एमाले तनहुँले गर्‍यो सबै क्षेत्रको उम्मेदवार सिफारिस

दमौली : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि एमाले तनहुँले उम्मेदवार सिफारिस गरेको हो। एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद…

सोलुखुम्बुमा एमालेबाट मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिससहित प्रतिनिधिसभा सदस्यको समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ २० जना उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाको समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको […]

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी उम्मेदवार सिफारिस

अर्घाखाँची– नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

काभ्रे : एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।एमा

रोल्पामा एमाले उम्मेदवार सिफारिस, अधिकांश पूर्वमाओवादी

काठमाडौँ । नेकपा एमाले रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्णबहादुर वुढामगरको नाम सिफारिस गरेको छ । बुढामगर पूर्व माओवादी हुन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ नवीन रोकामगर, कुमार दशौदी, ईश्वरी जिएम, रिमा नेपाली र मिना वुढामगरको नाम सिफारिस गरेको छ । प्रतिनिधि […]

रोल्पामा एमाले उम्मेदवार सिफारिस, अधिकांश पूर्वमाओवादी

१९ भदौ, रोल्पा । नेकपा एमाले रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्णबहादुर वुढामगरको नाम सिफारिस गरेको छ । वुढामगर पूर्व माओवादी हुन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ नवीन रोकामगर, कुमार दशौदी, ईश्वरी जीएम, रिमा नेपाली र मिना वुढामगरको नाम सिफारिस गरेको छ […]

दाङ २ बाट शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले शंकर पोखरेललाई दाङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको २ नम्बर क्षेत्रीय कमिटीको बैठकले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिवसमेत रहेका पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी…

ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार सिफारिस

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा झापाका पूर्वमन्त्री हिक्मत कार्कीका अनुसार प्रमुखमा हालकी उपमेयर गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने अन्यमा प्रदेश सदस्य अम्बिका खनाल र होम थापा रहेका छन् । एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । यस्तै उपप्रमुखमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ । भण्डारी तत्कालिन ओलीको