ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार सिफारिस

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा झापाका पूर्वमन्त्री हिक्मत कार्कीका अनुसार प्रमुखमा हालकी उपमेयर गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने अन्यमा प्रदेश सदस्य अम्बिका खनाल र होम थापा रहेका छन् । एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । यस्तै उपप्रमुखमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ । भण्डारी तत्कालिन ओलीको

सम्बन्धित सामग्री

एमालेले ओलीको गृहनगरमा आज मेयर छान्ने, झापाका १२९ वडामा जुटेन सहमति

नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ । नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भा