बैतडी : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका चार राजनीतिक दलले उम्मेदवार सिफारिस गरेका छन्। सिफारिस गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन्।नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि जिल्ला सभापति चतुरबहादुर चन्द सहित ९ जनाको नाम सिफारिस गरेको छ। विनयध्वज चन्द, नरबहादुर चन्द, शिवराज भट्ट, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर र दिनेश भट्टको नाम सिफारिस गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोश