केही वर्षअघि घोराही उपमहानगरपालिका-५ निवासी सावित्रा डाँगी ढिकीमा धान, गहुँ, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पिठो पिस्ने काम गर्दथिन् । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पिठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजाआजामा चढाउनका लागि चोखो शुद्ध परिकार बनाउनका लागि समेत ढिकीमा कुट्नेदेखि जाँतोमा पिठो पिस्ने गरेको उनले बताइन् । […]
काठमाडौँ,२० पुष । म्याग्दीको बेनी नगरपालिका–६ को डम्मरा आमा समूहका सदस्यहरु सर्वोत्तम पिठो बनाउने सिप सिक्दै । मकै, भटमास, गहुँ आदि स्थानीय अन्नबाट बालबालिकाहरुको आहरा सर्वोत्तम पिठो बनाउने सिप सिकाउन सामाजिक विकास कार्यालयको सहयोगमा मिलन म्याग्दीले तालिम आयोजना गरेको हो । तस्बिर : सन्तोष गौतम/रासस
८ पुस, काठमाडौं । भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो । गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । गहुँ आयातका […]
२३ असार, काठमाडौं । भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ । २८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो । नयाँ नियम पछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ । गत ३० […]
काठमाडौँ । भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ । २८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो । नयाँ नियम पछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ । गत ३० वैशाखमा गहुँको […]
केही महिना अघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँबाट उत्पादित अन्य उत्पादनको निर्यात पनि रोकेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा आउँदो मंगलबारबाट आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित बस्तुमा प्रतिबन्ध लगाइने उल्लेख छ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई कुनै रोकावट हुने सूचनामा भनिएको छ । भारतले वैशाख ३० गते गहुँको निर्यातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । हाल आएर भारतले गहुँको पिठोसमेत निर्यात गर्न रोकेको हो । व्यापारीले छिटो पैसा कमाउने लोभमा गहुँको पिठोको असामान्य निर्यात नगरुन् भनेर निर्यातमा भारत सरकारले प्रतिवन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दुई महिनाअघि गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँकाे अरु उत्पादन निर्यातमा समेत प्रतिबन्ध घोषणा गरेको छ । गहुँ निर्यात गर्न निर्यातकर्ताले हाल अन्तरमन्त्रालय समितिको अनुमति लिएर मात्रै ढुवानी पक्रिया अघि बढाउन पाइरहेका छन् ।
भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो साथै गाईको दाना अर्थात् चोकरको अभाव हुनसक्ने पिठो उत्पादकहरूले चिन्ता व्यक्त गरेका छन्।नेपालका सरकारी अधिकारीहरूले भने देशमा अभाव सिर्जना हुन नदिन कूटनीतिक तहबाट समाधानको उपाय खोज्ने बताएका छन्।नेपालमा उत्पादित गहुँले जेठ महिनाभर बजारको माग धाने पनि असारदेखि गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने बताउँछन् नेपाल पिठो मिल सङ्घ, प्रदेश १ का सचिव विकास बिगवानी।'गहुँ त बेकरीदेखि होटलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ हो। नेपालमा साढे १० महिना गहुँ र मैदाको पिठोको माग पूर्ति आयातित गहुँबाटै हुन्छ। त्यसैले थप केही साता आएन भने खाद्यान्नको अभाव भइहाल्छ,' उनले बीबीसीसँग भने।प्रदेश नं १ र २ का बाह्र वटा पिठो उद्योगहरूले वार्षिक ८० हजार टन गहुँ भारतबाट आयात गर्ने उनी बताउँछन्। देशभरमा ३२ वटा मैदा उद्योग छन्।भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्रकाशन गरेको एक तथ्याङ्कका अनुसार सन् २०२०/२०२१ मा भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश नेपाल रहेको छ।उक्त अवधिमा भारतले नेपाललाई ३,३०,७०७ टन गहुँ निर्यात गरेको थियो।नेपालको भन्सार विभागले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको गत चैतसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात गरको थियो।किन रोकियो आयात?भारत सरकारले गत शुक्रवार भारतका साथै अन्य छिमेकी राष्ट्रमा खाद्य सुरक्षाको कारण देखाउँदै गहुँ निर्यातमा रोक लगाएको हो।इकनोमिक टाइम्स पत्रिकाका अनुसार भारतमा गहुँ र आटाको बढ्दो मूल्य नियन्त्रणका लागि त्यहाँको सरकारले त्यस्तो कदम उठाएको जनाएको छ।हालै भारतबाट गहुँको निर्यातमा व्यापक वृद्धि भएको छ।भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको तथ्याङ्कका अनुसार वर्ष सन् २०२१-२०२२ अप्रिल महिनादेखि अक्टोबरसम्म भारतको गहुँको निर्यात बढेर ८७.२ करोड अमेरिकी डलर नाघेको थियो।यो भारतको अघिल्लो आर्थिक वर्षको तुलनामा ठूलो वृद्धि हो। त्यतिबेला निर्यात रकम १३.५ करोड अमेरिकी डलर थियो।रुस र युक्रेन गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्। दुई देशबीच जारी द्वन्द्व र विभिन्न देशहरूले रुसमाथि लगाएको प्रतिबन्धका कारण विश्वभर गहुँ अभाव भएका विवरणहरू सार्वजनिक भएका छन्।हाल भारतले देशमा सम्भावित खाद्य सङ्कटलाई रोक्न गहुँ अन्य देशमा नपठाउने बताएको हो।नेपाललाई कस्तो असर?गहुँ आउन बन्द हुँदा नेपालमा त्यसमा आधारित उत्पादनहरुको अभाव हुने बताउँछन् बिगवानी।'त्यसबाहेक गाईबस्तुलाई खुवाउने चोकरको निम्ति पनि गहुँ अत्यावश्यक हुन्छ। चोकर अभाव भयो भने दुग्ध उत्पादनमा समेत कमी आउँछ,' उनले चिन्ता व्यक्त गर्दै बताए।गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि भारतले कुनै देशमा खाद्य सङ्कटको स्थिति आएमा सरकारी स्तरको छलफलपछि निर्यात गर्ने जनाएको छ।'त्यसैले देशमा अभाव हुनुअघि सरकारले कूटनीतिक हिसाबमा माग राखोस्। कोटा प्रणालीबाटै भए पनि वार्षिक एक लाख टन पठाए पनि पुग्छ,' बिगवानीको माग छ।के गर्दै छ नेपाल पक्ष?भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा भारतबाट गहुँको आयातमा कमी भइरहेको जानकारी दिँदै उनीहरूले आयात रोक्नुको मूल उद्देश्य भने प्रस्ट नभएको बताएका छन्।'आ-आफ्नो देशको नीतिको कुरा हो। किन रोक्यौँ भन्नेबारे जानकारी दिँदैनन्। त्यहीँ अभाव भएको हुनसक्छ या आफ्ना अन्य मित्रराष्ट्रलाई प्रतिबद्धता अनुरूप पठाउनु परेको हुनसक्छ,' उनले भने।आयात बन्द हुँदा नेपालका कुनकुन उद्योग प्रभावित भए हेर्ने र सोही अनुसार आवश्यकता पूर्तिको उपाय खोज्ने खड्काले बताए।'अभाव भएको र भारतले नपठाएको खण्डमा अन्य देशसँग कूटनीतिक तवरले माग गर्नु पर्छ,' उनले भने।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले पनि हाल कृषि मन्त्रालयसँग गहुँ सम्बन्धी विवरण लिइरहेको जानकारी दिए।'नेपालमै पनि उत्पादन हुने बाली हो। त्यसको भण्डारण कति छ र माग कति भन्नेबारे बुझिरहेका छौँ,' उनले भने।नेपालमा सङ्कट नै आउने स्थिति बन्यो भने परराष्ट्र मन्त्रालय मार्फत गहुँ निकासीका निम्ति भारत सरकारसँग माग गर्न सकिने उनको भनाइ। -बिबिसीबाट
केएल दुगड समूहको ज्ञान ब्रान्डका नयाँ उत्पादनहरू चामलको पिठो नेपाली बजारमा ल्याएको छ । लोकप्रिय ब्रान्ड ज्ञान चामलको पिठो उत्पादक केएल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको भन्दै ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरूमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेको कम्पनिले जनाएको छ ।