भारतले गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि लगायो प्रतिबन्ध

दुई महिनाअघि गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँकाे अरु उत्पादन निर्यातमा समेत प्रतिबन्ध घोषणा गरेको छ । गहुँ निर्यात गर्न निर्यातकर्ताले हाल अन्तरमन्त्रालय समितिको अनुमति लिएर मात्रै ढुवानी पक्रिया अघि बढाउन पाइरहेका छन् ।

सम्बन्धित सामग्री

मैदा उद्योग चल्न कठिन

भारतले गहुँ निर्यातमा बन्देज लगाउँदा मारमा परेका नेपाली मैदा उद्योगीले नेपाल सरकारसंँग २ लाख मेट्रिक टन गहुँ आयातका लागि पहल गर्न माग गरेका छन् । फागुनमा भारतले नेपाल सरकारको पहलमा ‘परिणात्मक बन्देज’ मा ५० हजार मेट्रिक टन निर्यात खोलेको थियो ।

गहुँमा भारतको ‘परिमाणात्मक बन्देज’ ले मैदा उद्योग मारमा

भारत सरकारले गहुँ निर्यातमा बन्देज लगाउँदा नेपाली मैदा उद्योग मारेमा परेका छन् । गहुँका लागि भारतसँग निर्भर रहेका नेपाली मैदा उद्योगले कोटा प्रणालीबाट आयात गर्नुपर्दा क्षमता अनुसार उत्पादन गर्न नसकेको जनाएका हुन् ।

गहुुँ आयातको कोटा वितरण

काठमाडौं, माघ ८ । छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण गरेको हो। गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० […]

भारतले नेपालमा गहुँ निर्यातमा लगाएको प्रतिबन्ध हट्ने विश्वास

भारतले गत वैशाव ३० गतेदेखि लगाएको नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध चाँडै हट्ने विश्वास नेपाल मैदा उद्योग संघले गरेको छ । नेपालमा ३.५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी आयात गर्नु पर्ने बाध्यता रहेको छ । नेपालमा ३६ वटा मैदा मिल संचालनमा रहेकोले चालु आर्थिक बर्षको लागि लगभग १० लाख टन गहुँ आवश्यक …

भारतद्वारा गहुँको पिठोजन्य वस्तु निर्यातमा कडाइ

भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको दुई महिनापछि गहुँका उत्पादन आँटा, मैदा र सुजीको निर्यातमा पनि कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले बुधबार सूचना प्रकाशित गर्दै पिठो, मैदा र सुजीको निर्यातमा कडाइ गरेको हो ।

गहुँजन्य सामग्रीको निर्यातमा पनि भारतले लगायो रोक

काठमाडौं । भारतले गहुँजन्य सामग्रीमा निर्यातमा पनि रोक लगाएको छ। गहुँको निर्यातमा रोक लगाएको केही समयपछि गहुँबाट बन्ने पिठो, मैदा र सुजीको निर्यातमा पनि रोक लगाइएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।   यसअघि भारतले चिनी लगायतको वस्नु निर्यातमा रोक लगाईसकेको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेर अब आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित […]

भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात

केही महिना अघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँबाट उत्पादित अन्य उत्पादनको निर्यात पनि रोकेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा आउँदो मंगलबारबाट आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित बस्तुमा प्रतिबन्ध लगाइने उल्लेख छ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई कुनै रोकावट हुने सूचनामा भनिएको छ । भारतले वैशाख ३० गते गहुँको निर्यातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । हाल आएर भारतले गहुँको पिठोसमेत निर्यात गर्न रोकेको हो । व्यापारीले छिटो पैसा कमाउने लोभमा गहुँको पिठोको असामान्य निर्यात नगरुन् भनेर निर्यातमा भारत सरकारले प्रतिवन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गहुँ अभावमा मैदा मिल बन्द

कच्चा पदार्थ अभावले मुलुकभरका ६० प्रतिशत मैदा मिल बन्द भएका छन् । भारतले गहुँको निर्यातमा रोक लगाएपछि अभाव भई मैदा मिल बन्द भएका हुन् । मुलुकभर ३८ वटा मैदा मिल रहेकामा हाल ४० प्रतिशत सञ्चालनमा रहेका र बाँकी पूर्ण रूपमा बन्द भएको मैदा उद्योग सङ्घले जनाएको छ । विगत आठ महिनादेखि गहुँको आयात रोकिँदा कच्चा पदार्थ अभाव भई मैदा मिल बन्द भएका हुन् ।