काठमाडौं । मेन्छियाम हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ १९ गते सेबोनबाट स्वीकृति पाएको हो ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति पाएसँगै पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।