काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।
कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा निष्कासन गर्नेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले सोलुखुम्बुको रावादोलु र ओखलढुंगाको बुकु खोलाको पानी प्रयोग गरी ५ मेगावाट क्षमताको बुकु कपाती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।