चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए ।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् । सरकारले मंगलबार डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भएपनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस