काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा यो सरकारबाट धेरै आशा भए पनि सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकलाई पहिलै गाँसमा ढुङ्गा लागेको दाबी गर्नुभएको छ ।
देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पताल फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवा...