काठमाडौं : नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएकाे बताएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका छैनन्। एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा विष पिउन तयार छन्। मृत्युवरण गर्न तयार छन्।’उनले ०७४ को चुनावमा आफूहरुलाई मतपत्र च्यातेर हराएको भुलेर पार्टीको निर्देशन मानेर नै आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताएर