सुकुमबासीलाई जग्गा वितरण गर्न सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको ४२ दिनपछि सरकारले नयाँ नाम र नेतृत्वमा उस्तै प्रकृतिको आयोग...
सरकार यतिबेला फेरि भूमि आयोग गठनको प्रक्रियामा छ। सुकुमबासीलाई जग्गा बाँड्ने प्रयोजनका लागि बन्दै गरेको यो अठारौँ आयोग हो। यो आयोगले पनि अझै कति आयोग निम्त्याउला अहिल्यै भन्न गाह्रो छ तर पनि यसमा जागिर खान मरिहत्ते गर्नेको भने लामै लाग्न थालिसकेको छ।