भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
आयोगले काम अन्तिम चरणमा पुर्याएको समयमा गरिएको खारेजी बदरको माग गर्दै ज्ञवाली सर्वोच्च गएका हुन् ।
ज्ञवालीलगायत विघटित आयोगका पदाधिकारीले दायर गरेको रिटमाथि सुनुवाइका लागि सोमवारका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।
सरकारले साउन १९ गते भूमि आयोग खारेज गरेको थियो ।
भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एमालेका उम्मेदवार देवी ज्ञवालीले आफ्नो पराजयका कारणहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। ‘मतपत्र च्यातेपछि निर्वाचन आयोगले जुन निर्णय दियो त्यसरी जाँदा अन्याय हुन्छ भनेर म सर्वोच्च अदालत गएँ। तर अदालतले निर्णय दिन अबेला गर्यो। त्यसको असर मलाई पर्यो’ सोमबार एमाले चितवनको कार्यालय भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।