राजधानी घोषणाको १६ महिनापछि लुम्बिनी प्रदेशको गुरुयोजना तयार

बुटवल – प्रदेशसभाले राजधानी घोषणा गरेको १६ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना तयार भएको छ । अब यसलाई अन्तिम रुप दिन मात्र बाँकी छ । प्रदेश सरकारका अनुसार गुरुयोजनाको खाका करिब तयार भएको र माघको दोस्रो साता सम्पन्न गर्ने गरी अहिले परामर्शदाताबाट अन्तिम रुप दिने काम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले ७९ लाख […]

सम्बन्धित सामग्री

मुख्यमन्त्रीलाई थाहै नदिई प्रदेश राजधानीको गुरुयोजना लिएर दुई मन्त्री काठमाडौँमा

लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी प्रदेश राजधानी (सहर तथा पूर्वाधार) निर्माणका लागि तयार पारिएको गुरुयोजना लिएर काठमाडौँ पुगे।...

मुख्यमन्त्रीलाई थाहै नदिई प्रदेश राजधानीको गुरुयोजना लिएर दुई मन्त्री काठमाडौँमा

लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी प्रदेश राजधानी (सहर तथा पूर्वाधार) निर्माणका लागि तयार पारिएको गुरुयोजना लिएर काठमाडौँ पुगे।...

प्रदेश राजधानी देउखुरी विकासका लागि ७० अर्बको गुरुयोजना, थाल्यो पहिलो चरणको काम

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी दाङको देउखुरी विकासका लागि वृहत गुरुयोजना बनाएर काम अघि बढाउने भएको छ।यसका लागि स्थायी

लुम्बिनी प्रदेशले बनायो राजधानीको गुरुयोजना

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजना तयार पारेको छ । प्रदेशको राजधानी तोकिएको क्षेत्र दाङको राप्ती गाउँपालिका, गढुवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगाको भूगोलमा पर्दछ । भर्जिन ल्याण्ड भनिएको सो क्षेत्रमा प्रशासनिक क्षेत्रदेखि नीजि क्षेत्रलाई समेत समेटिएको छ । २०७८ साल मंसिर १६ गते भएको मन्त्रिपरिषद्को...

यस्ताे बन्दैछ लुम्बिनीकाे राजधानी सहरकाे ‘गुरुयोजना’

दाङ – लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रदेशको गुरुयोजना बनाउने काम अन्तिम चरणमा पुगेको हो। यही महिनाको अन्तिममा फाइनल ड्राफ्ट प्राप्त हुने र त्यो गुरुयोजनाको बारेमा सरोकारवाला निकायहरुको बीचमा छलफलपछि स्वीकृतिको लागि प्रदेश सरकारलाई हस्तान्तरण गरिने पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले जानकारी […]

लुम्बिनी प्रदेश राजधानीमा पूर्वाधारको काम धमाधम

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुनेबित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिए । ‘हामीले काम फटाफट सक्यौं भने सकेसम्म त्यही बैठक बस्ने योजना छ,’ उनले भने, ‘विसं २०७८ जेठमा पाँच करोड २१ लाखको लागतमा प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत सुविधा सम्पन्न सभाहल, सभामुखको लबी, स्टेजलगायतका काम सम्पन्न गर्ने भनिए पनि सभाहललाई लक्षित गरेर काम तीव्र बनाइएको छ ।’ लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ पुनले भौतिक पूर्वाधारका काम तीव्ररूपले भइरहेकाले तोकिएको अवधिसम्ममा निर्माण सकिए प्रदेशसभाको बैठक बस्न सकिने जानकारी दिए । सभामुखका प्रमुख स्वकीय सचिव धु्रवविक्रम ओलीले सभाहल निर्माणको काम करिब ३५ प्रतिशत पूरा भएको बताए । तीन महिनाभित्र सभाहल निर्माण सकिने आकलन गरिएको छ । प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजनाको निर्माण शुरू गरेको थियो । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाइने गुरुयोजना थियो । स्थायी राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, शीतगङ्गा नगरपालिकालाई समेट्नेछ । एक वर्षअघि लुम्बिनीको स्थायी राजधानी भालुबाङ क्षेत्रलाई तोकिएको थियो । सोही अनुसार त्यसलाई आधुनिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको थियो । प्रदेशसभाका सूचना अधिकारी यमकान्त पाण्डेले राजनीतिक तहमा कुराकानी भए पनि कर्मचारीको तहमा छलफल नभएको जानकारी दिए । रासस