लुम्बिनी प्रदेश राजधानीमा पूर्वाधारको काम धमाधम

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुनेबित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिए । ‘हामीले काम फटाफट सक्यौं भने सकेसम्म त्यही बैठक बस्ने योजना छ,’ उनले भने, ‘विसं २०७८ जेठमा पाँच करोड २१ लाखको लागतमा प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत सुविधा सम्पन्न सभाहल, सभामुखको लबी, स्टेजलगायतका काम सम्पन्न गर्ने भनिए पनि सभाहललाई लक्षित गरेर काम तीव्र बनाइएको छ ।’ लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ पुनले भौतिक पूर्वाधारका काम तीव्ररूपले भइरहेकाले तोकिएको अवधिसम्ममा निर्माण सकिए प्रदेशसभाको बैठक बस्न सकिने जानकारी दिए । सभामुखका प्रमुख स्वकीय सचिव धु्रवविक्रम ओलीले सभाहल निर्माणको काम करिब ३५ प्रतिशत पूरा भएको बताए । तीन महिनाभित्र सभाहल निर्माण सकिने आकलन गरिएको छ । प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजनाको निर्माण शुरू गरेको थियो । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाइने गुरुयोजना थियो । स्थायी राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, शीतगङ्गा नगरपालिकालाई समेट्नेछ । एक वर्षअघि लुम्बिनीको स्थायी राजधानी भालुबाङ क्षेत्रलाई तोकिएको थियो । सोही अनुसार त्यसलाई आधुनिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको थियो । प्रदेशसभाका सूचना अधिकारी यमकान्त पाण्डेले राजनीतिक तहमा कुराकानी भए पनि कर्मचारीको तहमा छलफल नभएको जानकारी दिए । रासस

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत बाहिर

लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिनुभएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । साथै जनमत पार्टीबाट मन्त्री बन्नुभएका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिनुभएको छ । उहाँले आफूले मुख्यमन्त्री समक्ष राजीनामा …

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक ३ माघमा

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार सुरु भएको अधिवेशनको दोस्रो बैठकमा ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, […]

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ। प्रदेशको स्थायी राजधानी दाङ स्थीत प्रदेश सभा भवनमा शुरु भएको बैठकको पहिलो दिन प्रदेश प्रमुख अमिक शेरचन, संसदमा प्रतिनिधित्व गर्ने...

अलपत्र पर्‍याे लुम्बिनी प्रदेश गौरव आयोजना

काठमाडाैँ- लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा-चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा-चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो। दुई वर्षमा सक्नेगरी सिद्धबाबा सडकको विकल्पको रूपमा निर्माण थालिएको झुम्सा-चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरू समस्यामा परेका छन्। सडक खनेका कारण कतिपय जमिन भासिएको र […]

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेश पहिलो

१२औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो बन्दै रनिङ शिल्डको उपाधि उचालेको छ।...

लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो । यस्तै सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेस गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता […]

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट ल्यायो बजेट

प्रदेशसभाबाट बजेट पास गर्न नसकेपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।

लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा टंक पोखरेल

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनीत भएका छन्