लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीका लागि जग्गा अधिग्रहण र गुरुयोजना निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
राजधानी निर्माणका सन्दर्भमा गठित जग्गा एकीकरण कार्यदलको बैठकले केसीले छिटो गुरुयोजनाको काम सकेर अगाडि बढ्नुपर्ने बताए । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्ले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ५ सदस्यीय जग्गा एकीकरण कार्यदल निर्माण गरेको छ ।
राजधानी निर्माणको विषयमा जति सकिन्छ युद्धस्तरमा काम गर्नुपर्ने उनले बताए । ‘हाम्रो लुम्बिनी प्र...