ललितपुर : विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्रमा भूकम्पमा क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण झण्डै आधा सकिएको छ।
सुन्दरीचोकको पूर्वी भाग, मूल (दक्षिणी) तलेजु, योग नरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको छ। काठमाडौँ उपत्यका संरक्षण कोषले यस क्षेत्रमा पुनःनिर्माणको काम गरिरहेको