जिल्लामा पछिल्लो समय बढ्दै गएको सवारी चाप मध्यनजर राखेर वैकल्पिक सडक (बाइपास) निर्माण गर्न थालिएको छ । घोराही उपमहानगरपालिकाले वैकल्पिक सडक निर्माण गर्ने थालेको जनाएको छ । उपमहानगरपालिकाले पूर्वमा कुइरेपानीदेखि पश्चिम सर्रासम्म पुग्नका लागि वैकल्पिक सडक निर्माण गर्न थालेको उपमहानगरपालिकाले जनाएको छ । निर्माण गर्न थालिएको वैकल्पिक मार्ग करिब ८ किलोमिटर रहेको छ भने वाटो १५ मिटरको निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।