मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ।

सम्बन्धित सामग्री

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो ।

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको […]

लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्दै गाउँपालिका

ढोरपाटन –निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन। एक दशक अगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए। आव २०६६र०६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको थियो। लोकमार्ग देवीस्थान–झिवाखोला हुँदै निसी जोडिएपछि बायखोला–झिम्पा क्षेत्रका स्थानीयवासी ओझेलमा परेका थिए। विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रूपमा बायखोला–झिम्पा सडक निर्माण भयो। पाँच […]

हुम्ला जोड्ने वैकल्पिक सडक सञ्चालन

बेलायती सहयोगमा मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण भएको छ। बुढाको बाम गाउँ हुँदै यो सडक चंखेली हिमाललाई छेको पारेर हुम्लाको दक्षिणी भूभागसम्म पुग्छ।...

बेँसीसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

लमजुङ- लगातारको वर्षापछि आएकाे पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडक खण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको […]

१८ किमी वैकल्पिक सडक निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने वैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवतजावतमा सुविधा पुगेको छ । यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिबाङ–शिख–चित्रे हुँदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले एक करोडभन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए । ‘महभिरदेखि घराम्दी–प्यारीभारानी हँुदै घोडेपानी जोड्ने छोटो दूरीको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ,’ उनले भने, ‘वैकल्पिक सडकबाट घोडेपानी आवतजावत हुन थालेको छ । धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।’ घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैयाँ चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै ठूलाखर्क पुर्‍याइएको सडक गतवर्ष थप पाँच लाख खर्चेर प्याराभारानी ताल पुर्‍याइएको उनले जानकारी दिए । यसैगरी गाउँपालिकाको १२ लाख र प्रदेश सरकारको आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुँदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन/तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ । घराम्दीका तीर्थबहादुर फगामीले सडक यातायातको सुविधासँगै पर्यटकीय महत्त्वको पेरी भरानी तालमा पर्यटकको आगमन बढेको बताए । गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोवास छ । समुद्री सतहबाट दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो । रासस

वैकल्पिक सडक सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मंगलबारदेखि दरबाङ–धारापानी–ताकम हँुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन् । सडक निर्माण सहज बनाउन बादिकामा बन्द गरिए पनि आवतजावतलाई सुरक्षित र नियमत बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडक सञ्चालन गरिएको गाउँपालिकाका इञ्जिनीयर सोबिन जिसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङस्थित म्याग्दी खोलामा सातओटा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाएका छन् । झारवाङ घाटमा पूर्वाधार विकास कार्यालयले पक्की पुल पनि निर्माण गरिरहेको छ । २०७५ सालमा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । बर्खाअघि नै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ । यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुईओटा घुम्ती थपेर करिब ४०० मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोलासम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ ।       दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले ‘क’ वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।       पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको धारापानीसम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकिलो बनाइने भएको छ । ग्राभेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । रासस

म्याग्दीमा वैकल्पिक सडक सञ्चालन

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ। जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मंगलबारदेखि दरबाङ–धारापानी–ताकम हुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन्। सडक निर्माणलाई सहज बनाउन बादिकामा बन्द गरिए […]

वैकल्पिक सडक निर्माण कार्य रोकियो

बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माण कार्यको काम रोकिएको छ । बूढीगङ्गा नगरपालिका-२ को कन्र्सन बाजुरा देखि अम्कोट द्धवारीसम्मको झण्डै ३ किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो ।

घोराहीमा वैकल्पिक सडक निर्माण

जिल्लामा पछिल्लो समय बढ्दै गएको सवारी चाप मध्यनजर राखेर वैकल्पिक सडक (बाइपास) निर्माण गर्न थालिएको छ । घोराही उपमहानगरपालिकाले वैकल्पिक सडक निर्माण गर्ने थालेको जनाएको छ । उपमहानगरपालिकाले पूर्वमा कुइरेपानीदेखि पश्चिम सर्रासम्म पुग्नका लागि वैकल्पिक सडक निर्माण गर्न थालेको उपमहानगरपालिकाले जनाएको छ । निर्माण गर्न थालिएको वैकल्पिक मार्ग करिब ८ किलोमिटर रहेको छ भने वाटो १५ मिटरको निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।