काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले आर्थिक वर्ष (आव) २०७९/८० को मुनाफाबाट यस वर्ष लाभांश नदिने भएको छ ।
कम्पनीको मङ्सिर २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।